Categories: कविता

“घाइते ईतिहास”


रञ्जुश्री पराजुली
अमेरिका

सपनालाई विपनामा बदल्ने प्रयास गर्दा
विपना नै खोटो भाइदिन्छ
किन होला भनेर प्रश्न गर्दा
सपना त के उज्यालो विपना पनि पर भाग्छ
चहकिलो ईतिहास घाइते भएको छ
सुन्दर इतिहासको परिवेश अनिश्चित छ
वीरताको पुरातनकथा
युवाको रातो ततो रातो रगतले लतपतिएको छ
तिनका शिरपोश पाउपोशहरु
तिनैका रगतमा लटपटिएर पर्खाईमा मौन छन्
आमाले बिहान काँसको थालमा पस्केर दिएकी मकैको भात
दही घ्यु सङ्ग मुछेर हतारिदै मुख मिठ्याउँदै
देश बनाउने सपना लिएर हिडेको छोराको
सपना र विपना दुबैमा बज्रपात परेको छ
आफुहरुलाई जेन्जी भन्नू भन्दा
तिनीहरु युवा शक्ति भन्न रुचाउँछन्
तिनमा बलियो जोश जाँगर तेजिलो हुन्छ
तर कसरी र किन हो एकै निमेषमा
ती सुनौला सपना सहित गर्ल्याम्म गुर्लुम हुन्छन्
राक्षश जस्ता शिखण्डी अभिभावकको
भरोस र विश्वाशको प्रतिफल
सपना र विपना अनकन्टारमा प्राप्त गर्न
नसकिने गरी हराउँछ
किनकि यहाँ युवाको सपना र विपना मात्र नभै
ईतिहासइतिहास नै घाइते भएको छ।

सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

8 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

9 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

9 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

9 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago