Categories: बाल कथा

चमेरो


कोषवल्लभ रेग्मी

चमेरोले आफूलाई राम्ररी नियाल्यो।”आहा!कति सुन्दर!”-उसले एकपटक सृष्टिकर्तालाई मनमनै धन्यवाद दियो। उसले आफूलाई अरु प्राणीहरु भन्दा भिन्नै र सर्वश्रेष्ठ ठान्यो। ऊ उड्दै चौपाया(जनावर)हरु सामु गयो र भन्नथाल्यो-“हेर मित्रहरू ! म तिमीहरूकै स-जाति हुँ। म पनि बच्चानै जन्माउछु। मेरा पनि तिमीहरूको जस्तै दाँत छन्। ती पंक्षीहरु हामी प्राणीहरुको कति खेदो गर्छन् ? मौकापरे हामी जस्ता निरीह मुसा, लोखर्के र खरायो आदिलाई आहारा बनाउँछन् तिनीहरू। हेरौँ त ती बाज,चील,लाटोकोसेरो आदि कस्ता धुर्त छन्।”
ऊ फेरि पंक्षीहरु समक्ष पुगेर चौपायाहरु बिरुद्धमा कुरा छाँट्न थाल्यो-“हे मित्रहरु हो! म तिमीहरूकै सजाति हुँ। म पनि उडेर यताउता जान सक्छु। ती चौपायाहरु हाम्रो कति खेदो लगाउँछन्। मौकापरे हामी ढुकुर,परेवा र अरु सानातिना पंक्षीहरुको कसरी सिकार गर्छन् कुकुर,बिरालो र मलसाप्राहरु।
ऊ यसैगरि कहिले चौपाया र कहिले पंक्षी(चरा)हरु तिर जाँदै कुरा लगाउने गरिनै रह्यो। कालान्तरमा उनीहरूको बिचमा घमसान युद्ध भयो। कति प्राणी,पंक्षीहरु मरे,मारिए,घाइते ,अपांग आदि भए।
अन्त्यमा चौपाया र पंक्षीहरुले सम्झौता गर्ने निर्णय गरे। उनीहरू एक निश्चित ठाउँमा जम्माभए। तर बिचौलिया चमेरोभने अलिपर रुखको हाँगामा झुन्डिएर ङिच्च ङिच्च गरिरहेको थियो। अबभने चौपाया र पंक्षीहरुले ‘यही चमेरोको कारण हामी बिचमा यस्तो व्यवधान उत्पन्न गराएको रहेछ’_भन्ने थाहा पाए।
चौपाया र पंक्षीहरु मिलेर चमेरोलाई सजाय स्वरुप श्राप दिए-“हेर काले चमेरा! तँ अरु प्राणीभन्दा भिन्नै स्वभावको रुखको हाँगामा झुन्डिएर बस्ने घिनलाग्दो प्राणी बनेस्। अनि तेरो खाने र मलमुत्र फाल्ने ठाउँ पनि एउटै होस्।”
आखिर चमेरोको हालत त्यस्तै भयो॥

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

21 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

21 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago