Categories: कविता

“चरी”


तुलसी पण्डित

चरी आयो भुरुरु भुइमा बसेर
छड्के नजर लगायो अझ मस्केर
ट्याप्प टिप्छ आहारा शङ्का गर्दछ
फेरि आँखा चारैतिर उसले हेर्दछ

आहाराको खोजीमा डुल्ने गर्दछ
जोश जागर देखाएर पेट भर्दछ
कैले आहारा टिपेर गुँड पस्दछ
पल्याक्पुलुक् हेरेर त्यही लुक्दछ

कान छोपी सुनेँ मैले बच्चा करायो
कता ठुङ्न आउछ चरी मन डरायो
गुँडबाट निस्केर चारा खोजीमा
आउनेजाने गर्न थाल्यो त्यही गुँडमा

त्यसका पनि बचेरा खुवाउनु पर्दछ
आफ्नो के हो कर्तव्य पूरा गर्दछ
डालीबाट चामल ल्याइ फालेको
चरीहरू रमाउँदै नाच्न थालेको

चरीहरू मान्छेको नजिक बस्दछ
हामी माथि विश्वास उसले गर्दछ
पाली अनि टौवामा गुँड बनाइ
घर पनि उज्यालो उसको सजाइ।

सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

18 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

18 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

19 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

2 days ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

2 days ago