Categories: कविता

“चिउरा खाने घैया”


लालबहादुर भुजेल
अध्यक्ष
चाँगुनारायण साहित्यिक समाज, भक्तपुर

भदाै मास मग मग वास्ना
दशैँलाई घैया ;
चिउरा कुटदा ढाडै दुख्याे
लाैन आमा ऐया !

मकै छर्ने बेलामा नै
घैया छर्ने गर्थ्याैँ ;
क्षत्री ओढी घैया गाेड्थ्याैँ
घामकाे शियाल पर्थ्याैँ !

सबै भन्दा ठूलाे चाड
नेपालीकाे दशैँ ;
धान भुटी चिउरा कुटी
निफनेर त्यसै !

घैया धानकाे चिउरा कुटी
बल्ल दशैँ आउँथ्याे ;
गाउँ नै पुरै बसाउँथ्याे
हर्षाेल्लास छाउँथ्याे !

जाँदाखेरि पिङ खेल्न
चिउरा भरि गाेजी;
सबैभन्दा मिठाे चिज
कुन छ अरू राेजी ?

घिराैँलाकाे तिहुनसँग
घैया धानकाे भात ;
जिब्राे पडकाई खान्थ्याैँ हामी
दूध मिसाई साथ !

चिउरासँग दूध हाली
केरा मालभाेग ;
मुछी खाँदा कति मिठाे
हट्थ्याे पिर शाेक !

सारथि बाल पत्रिका

View Comments

  • Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

3 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

4 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

4 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago