Categories: बाल कथा

“चोर कविता”


प्रह्लाद दवाडी
लिङ्गमो पेपथाङ, दक्षिण सिक्किम

ऊ गदगद भएको थियो। उसको खुसीको सीमा छैन आज। उसको फोनमा बधाईका शुभकामना सन्देशहरू थुप्रै आएका थिए। आज पक्कै पनि यो बिहानको प्रार्थना सभामा उसको प्रशंसा हुन्छ भनेर ऊ सातौँ आसमानमा उडिरहेको थियो। आखिर राज्यस्तरीय साहित्य दिवसमा उसको स्वरचित कविता वाचन छनौट भएर राज्य विद्यार्थी प्रतिस्पर्धामा प्रथम भएको थियो र उसले ५० हजार रुपैयाँ पुरस्कारको रुपमा हिजै प्राप्त गरेको थियो।
उसको आशा अनुरूप प्रधान आचार्य महोदयले प्रार्थना सभामै सम्पूर्ण विद्यालयको तर्फबाट उसलाई बधाई दिनुभयो। विद्यार्थीहरूको तालीको गडगडाहटले उसको खुसीको सीमा रहेन।
प्रार्थना सभाबाट अन्य विद्यार्थीलाई कक्षातर्फ प्रस्थान गराएर उसलाई एक्लै प्रधान आचार्यले छेउमा बोलाउनुभयो।
“प्रभा, कविता त साह्रै राम्रो रहेछ तर तिमीले त कविता स्पष्ट उच्चारण गर्न सकेनौ त ?”
“सर म नर्भस भएँ नी।”
“कविता आफैँ लेखेको हो?”
“हो सर मैले आफैँ लेखेको।”
“तिमीले आफैँ लेखेको हो जस्तो लागेन मलाई। कसैको कविता चोरेको जस्तो लाग्यो।”
“चोरेको होइन सर। मैले राम्ररी घोक्नै समय पाइन।”
“अनि तिम्रो बौद्धिक स्तर त त्यस्तो राम्रो कविता लेख्ने छैन त। मलाई त विश्वास लागेन। कसले लेखिदियो भन त?”
उसको ढुकढुकी बढ्यो। उसले मनमनै भन्यो चोर कविताले आज सरम पार्ने रहेछ।
प्रधान आचार्यले उसको हात समाउँदै फेरि सोध्नुभयो। “ठिकै छ। हाम्रो विद्यालयको नाम पनि आयो। तिमीले पुरस्कार पनि पाइहाल्यौ । तर यसरी अर्काको बौद्धिक सम्पत्ति आफ्नो हो भन्नु हुँदैन। आफै कोशिस गर्नुपर्छ। म कसैलाई भन्दिन। नढाँटी भन त त्यो कविता कसले लेखिदिएको हो, बाबु।
प्रभाले कम्पित स्वरमा भन्यो, “सर, भोला सरले लेखिदिनुभएको हो। पुरस्कार जित्यो भने आधा आधा बाँडौँ भन्नुभएको थियो।” यति भन्दै ऊ डरले रुन थाल्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

11 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

12 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago