Categories: बाल कथा

“छोरीले सक्कली परिचय पाई”


रञ्जुश्री पराजुली

उत्तर कोरिया जन्मभुमी भएकी छोरी चान चि अहिले अमेरिकन नागरिक भएकी छिन् । अमेरिकामा वालिग भए पछि छोराछोरी स्वतन्त्र भएर आफ्नै कमाईमा बेग्लै बस्न जान्छ्न् । बेला मौकामा बाबुआमा भेट्न आउँछन्।
चान ची दुई बर्षकी हुँदा क्याथीस्मिथ जो नर्स थिइन् । कोरियामा रेडक्रसबाट स्वास्थकर्मीको रुपमा सेवा दिन गइन् ।एक दिन डिउटीबाट फर्कने क्रममा शत्रुको गोलीको शिकाएर भएर सडकमा मृत अवस्थामा भेटीएकी एउटी नारीको सानी छोरी मरेकी आमाको दुधको मुन्टो चुसीरहेकी देख्दछिन् ।त्यो देखेर आफुले अमेरिकामा छोडेर आएको आफ्नी सानी छोरीको संम्झना आउँछ ।अर्को तिर ती युद्द्पीडित महिलाको विभत्य मृत्युले पीडा बोध हुन्छ।
सानी नानीको बिजोग देख्दा उललाई दु:ख लाग्छ । त्यो सानी नानीलाई धर्म पुत्री बनाएर आफू सङ्गै अमेरिका ल्याउँछीन् ।चान चि र आफ्नी छोरीलाई सँगै हुर्काउँछिन्।
१८ बर्षकी चान ची स्कुल सकिए पछि एउटा कोरियन रेस्टुरेन्टमा पार्ट टाइम काम गर्न थालिन् । उनी र उनका धर्म मातापिता उनको बायोलजिकल बाबुको खोजी गर्न तल्लिन भए । एक पटक त उनीहरु कोरिया पनि गए । तर परिवार कोहि पत्ता लागेन । चान चीले काम गर्न थालेको र् स्टुरेन्टको मालिक कोरियन नै थिए।
एकदिन धर्म मातापिता उनीसँग कोरियन पसल गएको बेला आफुले बिवारिसे चान चीलाई मरेकी आमाको लाशबाट छुटाएर धर्म पुत्रीको रुपमा पाल्दै आएको कुरा बताउँदै चेन्जीले आफ्नो परिवारबारे र जान्न खोजेको बताउँछन्।
रेस्टुरेन्ट मालिक किम नरम र भलाद्मी थिए । उनले ” कता कता किन हो तपाईकी धर्म पुत्री चान ची मेरो हराएकी श्रीमती सङ्ग फेला परेकी छोरी हो जस्तो लाग्छ । अन्धा धुन्ध शत्रुको गोली चारै तिरबाट बर्से पछि हामी भाग्न थाल्यौँ। । एउटा गोली मेरो खुट्टामा लागेर म ढलें । हेर्नुस त भनेर उनले आफ्नो नक्कली खुट्टा देखाए । छोरी च्यापेर अलि पर पुगेकि श्रीमती पनि गोली लागेर ढ्लेको देखें दौडिएर बचाउँन सकिन । कसैले मेरो उद्दार गरेर अमेरिकामा शर्णार्थीको रुपमा छिराई दियो ।म छोरी र श्रीमती कहाँ होलान् भनेर दिन रात चिन्तित छु । एक पटक चान ची र मेरो “डीएनए” परीक्षण गर्न म अनुमती माग्छु । हुन्छ चाङ ची भनेर सोधे । चान चीले पनि स्वीकार गरिन्।
चार दिन पछि डिएन ए को नतिजाले ती दुई बाबू छोरी भएको तथ्य पुस्टीगर्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

23 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

23 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago