Categories: बाल कथा

जडौरी


सुनिता निरौला पौडेल
राधे राधे, भक्तपुर

“तिम्रो पुरानो नफाटेका लुगाहरू छन् भने छुट्याएर राख है बहिनी , म एकछिनमा लिन आउँछु।” मिरा दिदीलाई गाउँलेहरूले सबै जनाका घरबाट पुरानो लुगाहरू भेला पारेर दुर्गम क्षेत्रमा पठाउने जिम्मेवारी दिएका थिए । बहिनीलाई यी कुराहरु जानकारी थिएन।
“हुन्छ दिदी तर यी लुगाहरु कहाँ लाने हो र ?” बहिनीले प्रश्न ‌फ्याँकिन्।
“पहिले ठिक पारन अनि म भनौँला ” दिदीले उत्तर दिइन्। मिराको कुरालाई बहिनीले मनमनै सोचिन्।
“ह्या ! यी दिदीलाई दिनुभन्दा त सबै पुराना लुगाहरू भेला पारेर बरु डसना पो बनाउँछु ” भन्दै उनको कुरामा चासो लि‌इनन्।
दिदीले बहिनीलाई लुगा निकालेर राख्ने भनेको थिइन् “छैन” भनेर टारिन्।
आफ्नो लुगाहरू र गाउँमा भेला पारेको सबै लुगाहरू दुर्गम ठाउँमा दिदीले पठाई दिनुभयो।
त्यहाँका सबै गरिब दुःखीहरुलाई खटिएका भाइहरुले पालैपालो गरि लुगा‌फाटो बाँड्न थाले। बाँड्दै जाँदा पर एक जना बालाई जाडोले लुगलुग काम्दै गरेको देखे। उहाँको शरिरमा पातलो एकसरो लुगा मात्र थियो । दुबै हातहरू खोकिलामा राख्नुभएको थियो। नजिकै आउन नसक्ने अवस्थाको हुनुहुन्थ्यो।
भाइहरुले उहाँ बसेको ठाउँमा गएर न्यानो लुगा फाटाहरू दिए। विगतका दिनहरु सम्झँदै एकछिन बा मौन रहनु भयो। आँखा रसिला पारेर उहाँले भन्दै हुनुहुन्थ्यो – “बाबु , मैले यो अवस्थामा लगाउनु परेका जडौरी लुगाहरू म पछिका सन्तानहरूले कहिले पनि लाउन नपरोस्।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

16 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

16 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

17 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago