Categories: बाल कथा

“जवाफ”


गंगाराम ढकाल

भोटेकोसीमा एक्कासी आएको ठूलो बाढिले हजारौँ मान्छे बगायो । घर बगायो । बजार नै बगायो । सारालाई रुवाएको थियो । सरकार , सेना, प्रहरीहरु ज्यानको बाजी लगाएर उद्दार कार्यमा जुटि रहेका थिए । स्थलगतमा सरकारका मन्त्री देखि सबै संघसंस्थाका ब्याक्तिहरु देखिन्थे ।
यस्तै बिचमा एकजना दिदीले प्रमुख मन्त्री सामुन्ने गएर प्रश्न गर्नथालिन “सरकार कहाँ छ, मलाई अनुभूति भएन, हाम्रो घर बाढीले बगायो । परिवारका मान्छे आपतमा छौँ, सरकारले किन हाम्रो ब्यबस्था गर्न सकेन ?”मन्त्रीले सम्झाउँदै थिए “नआतिनुस, सबैले एकजुट भएर उद्दारमा लगेका छौँ, हरेक ठाउँमा खोजी र उद्दार हुनेछ” । मन्त्री आफ्नो काममा लागे ।
दिदी फेरि पनि जोरजोरले बिरोधभाषमा चिच्याउदै प्रश्न तेर्साउदै थिईन । छेउमा एक भलाद्मी टाईपका युवालाई रिस उठेछ जवाफ दिन थाले, “तपाईँ त जिउँदै हुनुहुन्छ दिदी”! हेर्नुस् त खोलामा कति जनाको लास तैरीरहेको छ। कतिको हात छैन, कतिको खुट्टा मात्र छ, कतिको लास कहाँ बेरिएको छ, कति सास फेर्दै होलान्, कति अझै उद्धारको पर्खाइमा होलान्, कति अङ्गभङ्ग भएर घाउचोटले छटपटाइरहेका छन्, कत्ति बितिसके, कतिको घरपरिवार छैन, कत्तिको परिवार केही पनि नभएर एक्लै छन्। तपाईँ एक्लैको घर बगाएको हो र? सरकारले तपाईँलाई व्यक्तिगत रुपमा के कस्तो छ भनेर सोधेर बस्नलाई ? त्यो खालको अवस्था छ अहिले ? हजारौँको सङ्ख्यामा घरबार विहीन भएका छन्, सयौँले आफ्नो परिवार गुमाएका छन्। लाखौँ जनसङ्ख्या भोका नाङ्गा र तुरुन्त उपचार नगरी नहुने अवस्थाका घाइते छन पीडित छन् । मन्त्री जस्तो जिम्मेवारी बोकेको मान्छेले ती लाखौंको संख्याका पीडित सबैलाई छिटोभन्दा छिटो उद्धार गरेर गाँस बास कपास र तत्कालीन उपचारको व्यवस्था गर्नुपर्ने हुन्छ। सरकार एउटाको मात्र होइन सबै पीडितहरुका अभिभावकको जिम्मेवारी निभाएर खटिएका हुन्छन । पहिलेका सरकार प्रमुख हेलिकप्टरमा आकास माथीबाट हेरर फर्केका पनि छैनन । हेलिकप्टर जनताको उद्दारमा पठाएर आफुहरु स्थलमार्गबाट अवस्था बुझेर निर्देशन दिएका छन । यो दुनिया साराले देखेको कुरा हो । अलिकति सोचेर बोल्ने गर्नुस् है तपाईँ स्वयं पीडित हुनुहुन्छ धेरै कुरा भन्न चाहिन। सक्नुन्छ सक्दो सहयोग गर्नुस । सक्नुहुदैन धर्यता राख्नुहोस ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घुमिफिरी रुम्जाटार”

श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…

2 hours ago

मानिस बिनाशको कारण तैँ होस्

मचिन्द्र खत्री फुट्छन् अझै हिमाद्रीका काखका ताल पोखरी। तात्दो छ अवनी नित्य बाँच्लान् मानिस के…

2 hours ago

“खेल्न हुन्न बाबु नानी”

धनराज सिलवाल खेल्न हुन्न बाबु नानी पढ्नु पर्छ धेरै परीक्षामा सफल हुन लेख्नु पर्छधेरै। ज्ञान…

3 hours ago

पुतली झैँ हुन पाए …

रमेशचन्द्र घिमिरे पुतली झैँ हुन पाए संसार यो चुम्थेँ बादल जस्तै चारैतिर रमाएर घुम्थेँ फूलबाट…

1 day ago

डोरोमा बाँधिएको शोक

सालिक राम सत्याल खजुरा ३ बाँके श्रावणी पूर्णिमाको उज्यालो बिहान थियो। आँगनमा तुलसीको मठ सुगन्धले…

1 day ago

रक्षावन्धन कि शोक?

प्रार्थना खनाल सुकेधारा श्रावणी पूर्णिमालाई वेदारम्भ कर्म, सांस्कृतिक कर्म भन्नुको तात्पर्य के हो बुवा ?…

1 day ago