Categories: कविता

मानिस बिनाशको कारण तैँ होस्


मचिन्द्र खत्री

फुट्छन् अझै हिमाद्रीका
काखका ताल पोखरी।
तात्दो छ अवनी नित्य
बाँच्लान् मानिस के गरी।।

जान्छन् कति अझै ठूला
हिमाल पहिरो बगी
कर्मको फल भोग्नै छ
मानव पख यो घडी।।

चुचुरा टेक्न तम्सिन्छस्
नाम दाम कमाउन
आउला दिन यो यस्तो
न पाउँलास् समाउन।।

नचला अब यो धर्ती
नचला शान्त बस्न दे।
यो नियम छ धर्तीको
नियमभित्र पस्न दे।।

केही होइन तेरो यो
घमण्डको घडा न हो।
शैल शिखर टेकेर
भो भो अब खडा न हो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

3 hours ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

3 hours ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

4 hours ago

“घुमिफिरी रुम्जाटार”

श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…

1 day ago

“जवाफ”

गंगाराम ढकाल भोटेकोसीमा एक्कासी आएको ठूलो बाढिले हजारौँ मान्छे बगायो । घर बगायो । बजार…

1 day ago

“खेल्न हुन्न बाबु नानी”

धनराज सिलवाल खेल्न हुन्न बाबु नानी पढ्नु पर्छ धेरै परीक्षामा सफल हुन लेख्नु पर्छधेरै। ज्ञान…

1 day ago