Categories: बाल कथा

जित कस्को ?


सुरेशकुमार पाण्डे
घोराही १८, दाङ

“बाबा मैले जिते !”- दश क्लासमा बढ्ने छोराले जितको प्रमाणपत्र देखाउँदै भन्यो। देवेनको निदारमा अविर र घाँटीमा झुण्डेको मेडल थियो मुहार उज्यालो थियो। त्यो देखेर बा आमा खुसीले गद्गद् भए। ” बधाई छ मेरो छोरालाई यस जितका लागि ।”- प्रेमनाथले देवेनलाई अँगालोमा बेर्दै भने। ” सधैँ मेरो छोरालाई यस्तै जित हासिल होस् “- आमाले पनि कामना गर्दै भनिन्। ” तर छोरा दौडमा अहिलेसम्म राधेलाई कसैले पनि हराउन सकेको थिएन तिमीले हराएको सुन्दा खुसीको त ठेगान नै छैन।” प्रेमनाथले भने। उनी पनि चालिस वर्ष स्कुलमा सेवा गरेर अवकास प्राप्त भएका इमान्दार प्रधान अध्यापक हुन। “बाबा अब मैले कहिल्यैई हार्दैिन । कसरी जित्नुपर्छ भन्ने ज्ञान हासिल गरिसकेको छु।”-देवेनले बडो आत्मविश्वास देखाउँदै भन्यो। ” होर छोरा ! के युक्ति हात लाग्यो मेरो छोरालाई यस्तै अलाहदिनको चिराग जस्तो ? “- प्रेमनाथले आश्चार्य हुँदै सोधे। ” मैले राधेलाई दौड्नै नसक्ने बनाईँदिएँ। अरूको खतरा थिएन सो जितिहालँ।”-देवेनले घरिघरि नाकमा हात लगाउँदै पुच्दै थियो आँखा पनि राताराता आँसु आएका थिए। उसको यो अवस्था देखेर प्रेमनाथ आशंकामा परे। ” के भाको छ रूघा लागेको छ ?”-प्रेमनाथ निदार.खुम्चाउँदै सोधे। ” होइन खुर्सानी लागेको हातमा।”-उसले प्याच भन्यो। ” ए ए. त्यसो भए जित कसको भयो त ?’-प्रेमनाथले देवनसँग प्रश्न गरे। ऊ उत्तरहिन बनेर भित्रतिर लाग्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

5 hours ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

5 hours ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

5 hours ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

1 day ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

1 day ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

1 day ago