रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ छापटाेला , गुल्मी
दिन र रात चाैबीसै घण्टा
झरीले सतायाे
रेडियो खाेली खबर सुन्दा
संकट बतायाे ।
पहाडी भाग पहिरो गयाे
तराई डुबायाे
कसरी बाँच्ने डरले
प्रभु मन याे रूवायाे ।
जन र धन क्षति भाे
धेरै बेहालै भयाे नि
निष्ठुरी बनी कालले
कति जीवन लयाे नि ।
जहानै लग्यो घरमा
आफ्नै सुतेका भुसुक्क
उज्यालो देख्न दिएन
कठै सिध्यायाे सुटुक्क ।
न दियाे खान पानीकाे
थाेपा पिउन घुटुक्क
घर र गाेठ भत्काई
च्याप्याे बनायाे भुतुक्क ।
सडक बने खाेला र नाला
गाडी नै बगाए
हिसाबै छैन यात्रामा
कति शरीर गुमाए ।
घरमै पस्याे भल र बाढी
अनाज भिजायाे
रिसायाे किन प्रकृति
पनि मानव गिजायाे ।
खेत र बारी बगर बने
बाँचेमा के खाने
थात र बास सकियाे सबै
कता पाे हाे जाने ?
अनाथ भयाैं बालक हामी
साहारा काे देला
कसरी खेलिस् हे दैव तैंले
निर्दयी याे खेला ?
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…