रमेशचन्द्र घिमिरे
चुटुक्कको सानो सानो
पहिरी ढाका टोपी
हिँड्न मन छ मलाई अब
शिर मेरो छोपी
टोपी हाम्रो सभ्यता हो
टोपी हाम्रो सान
टोपी नै हो नेपालीको
राख्ने सधैँ मान
यही टोपी लगाई हिँड्छु
भन्छ भाइ गोपी
ढल्काएर हिँड्न मन छ
मलाई झिल्के टोपी
टोपी लाउँदा मलाई अरू
गाउँले भने भनुन्
पाखे भनुन्, गवाँर भनुन्
स्याउले भने भनुन्
सभ्यताको कलममा
मसी मैले चोपी
संस्कृतिलाई जोगाउनु छ
लगाएर टोपी।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/register?ref=IXBIAFVY