Categories: बाल कथा

ठग आफैँ ठगिन्छ


देवराज कार्की मिलन
सुह मोरङ

एउटा गाउँमा एक किसान परिवार खेतिपाती र पशुपालन गरेर बस्थे। छोराछोरी श्रीमती खेती गर्न ब्यस्त हुन्थे। घर मुलि उत्पादन भएका अन्न,तरकारी,दूध,घ्यु शहर लगेर बेच्थे।
शहरको ठूलो ब्यापारीले त्यही किसान सँग एक केजीका घ्युका धेरै डल्ला किने। नाफा धेरै गर्ने शुरले उनले ती घ्युका डल्ला फ्रीजमा राखे। केही समय पछि उनलाई अर्को ठाउँ बाट महंगोमा घ्युको माग आयो। अनि उनले घ्यु निकालेर जोख्न थाले।
जति घ्युका डल्ला जोख्थे मात्रै नौसय ग्राम हुन्छ। फेरि जोख्छन् त्यति नै। सबै घ्युका डल्ला नौसय ग्राम मात्रै थिए। ब्यापारी त्यो किसान संग औधी रिसायो। फेरि त्यहा आए गाली दिने शोच बनायो।
समय बित्दै गयो। गाउँ बाट त्यही किसान फेरि घ्यु,तरकारी बेच्दै हिडेको देख्यो। हेर्दाहेर्दै उ आफ्नै दोकानमा आयो। ब्यापारीले उसलाई दोकान बाट गाली गर्दै हप्कायो र भाग भन्यो।
किसान नम्रहुँदै दोकानमै गयो र भन्यो ” शाहु जी म सँग किन रिसाउनु भएको ? मेरो कुनै नराम्रो काम देख्नु भयो र?”
ब्यापारी रिसाउँदै बोल्यो ” मलाई ठग्ने हो। सबै घ्युका डल्ला एक केजीको सट्टा नौसय ग्रामका मात्रै थिए। त्यसरी मलाई झुक्याएर पैसा लाने हो?”
ब्यापारीको नजिकै पुगेर किसान भन्छन् ” शाहु जी। म त गरिब मान्छे ढक किन्ने पैसा थिएन। मैले त तपाईं संँगै लगेको एक केजी चिनी एकातिर अर्को तिर घ्यु जोखेर प्याक गरेको हुँ। मेरो के गल्ती।”
यो कुरो सुने पछि ब्यापारी लाजमर्दो पाराले निहुरियो। किसान सँग आँखा जुधाउन नै सकेन। अरुलाई ठग्न खोज्दा आफैँ फन्दामा पर्यो ब्यापारी।

सारथि बाल पत्रिका

View Comments

  • Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

8 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

8 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

8 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago