हरीश शर्मा
तिज तिजजस्तो हुनका लागि
सौभाग्य र समृद्धिका लागि
शिव र पार्वतीको उपासनाका लागि
श्रद्धाले मनोरथ पूरा गर्नका लागि
अघिल्लै दिन माइत जानका लागि
पूर्व तयारी गरेर दर खानका लागि
तिज आउॅथ्यो र पो तिज तिज जस्तो हुन्थ्यो।
पानी अन्न ग्रहण नगरी व्रतका लागि
भोलिपल्ट चौथी मान्नका लागि
पर्सिपल्ट ऋषिको पूजाका लागि
दतिवनले दॅात माझ्नका लागि
गनेर गनेर १०८ ले नुहाउनका लागि
दिदी र बहिनी सब भेट्नका लागि
फुपू, फुपाजु र दाजुभाइ भेट्नका लागि
माइत गइन्थ्यो र पो तिज तिज जस्तो हुन्थ्यो।
भाद्र शुक्ल तृतीयादेखि चार दिनका लागि
राताम्मे बनेर श्रीमान्को आयुका लागि
अविवाहितले सुयोग्य वरका लागि
गएर दिनभर शिवालयमा स्तुतिका लागि
चोखो, सफा तन र मनका लागि
१०८ पटक स्नान शुद्धका लागि
दर, व्रत र ऋषिको पूजाका लागि
तिज आउॅथ्यो र पो तिज तिज जस्तो हुन्थ्यो।
मजाले नाच्न र गाउनका लागि
जमघटमा बियर र ह्विस्कीका लागि
छाडापनको सीमा नाघ्नका लागि
महिनौंसम्म दर भन्दै खानका लागि
कहिले उता कहिले यता दरका लागि
समूह र संस्थामा दरै दरका लागि
दर खाने भन्दै महिनौं दिनका लागि
तिज आउॅंदैनथ्यो र चार दिनका लागि
तिज आउॅंथ्यो र पो तिज तिज जस्तो हुन्थ्यो।
तिज तिज जस्तो हुनका लागि
संस्कृति संस्कृतिजस्तो हुनका लागि
निराहार बसेर चाड मान्नका लागि
भुलचुक पाप पखाल्नका लागि
परिवार र आफ्नो स्वास्थ्यका लागि
आफू मान्न र अरूलाई मनाउनका लागि
तिज आउॅंथ्यो र पो तिज तिज जस्तो हुन्थ्यो।
अहिले मन बहलाउनका लागि
भेटघाट र रमाइलो गर्नका लागि
के छ कसो छ भन्नका लागि
केही खुवाउन र खानका लागि
मोबाइल छ सब थोकका लागि
अनि महिला र पुरुष सबका लागि
भन्दैनथे तिज मान्नै छ मनाउनका लागि
विकृतिरहित तिज मनाउनका लागि
तिज आउॅंथ्यो र पो तिज तिज जस्तो हुन्थ्यो।
रामप्रसाद पन्थी रेसुङ्गा न पा २ गुल्मी बाबासँगै बिताएका रमाइला पल सिम्झिएर दिन रात…
नेपाली साहित्याकाशको गजल विधामा गजलका पिता भनेर स्थापित नाम हो मोतीराम भट्ट । मोतीराम भट्ट…
रञ्जुश्री पराजुली मेरा प्यारा बाबा तिमी कता हरायौ आउँछौ भनी कुरि बसेँ तिमी आउँदै आएनौ…