Categories: कविता

“तिहार”

 

शिव पुन
खजुरा – ३ बाँके

मखमली सयपत्री , लालुपाते फूल्छ
फूलरस जहाँछन , मौरी त्यही भुल्छ।

वर्षदिन एकचाेटी , आयाे भाइ टीका
भाइ चेली नहुनेकाे , हुन्छ फेरि फीका।

कार्तिककाे महिनामा , कुकुर पनि भुक्याे
काेहि भन्छ तिहारमा ,जुवा पनि फुक्याे।

धनी पुजी खाेज्न थाले , तिजाेरीकाे साँचाे
बिचरा निमुखालाई , रकमै काे खाचो।

घर पाेत्नु सफा गर्नु , लक्ष्मी आउँछिन
सबैलाई विश्वास छ , धन दिन्छिन।

औँशी राती लक्ष्मी पुजा , हुन्छ दीपावली
अब भाग्याे अध्याराे , दीपहरु जली।

काग कुकुर गाई तिहार , भाइ तिहार आयाे
राेटी चिल्ला फलफूल , मिठाइ पनि पायाे।

भाइलाई टीकालाई , दिन्छिन दिदिले
नभुली परम्परा हाम्राे , राम्राे विधिले।

मानिसहरु तिहारमा , खेल्न देउसी भैलाे
देउसी भैलो खेल्नलाई , पुगे घर दैलाे।

धेरै हुन्छ मानिसकाे , घर घर भेला
तिहार पछि लाग्ने गर्छ , धेरै ठाउँ मेला।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

10 hours ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

11 hours ago

स्वाद

मित्र उराठी गौतम अमरपुर गुल्मी हालः तिलोत्तमा रुपन्देही स्वाद जम्मा छ किसिमका छन्। विज्ञान पढाउने…

11 hours ago

“बालदिवस”

तेजप्रकाश श्रेष्ठ मेरो किताब खै ? मेरो कापी कलम खै ? मेरो स्कुल ब्याग खै…

1 day ago

“मैले दर खान्न बरिलै”

रामप्रसाद पन्थी रेसुङ्गा न पा २,गुल्मी पाेहाेर सम्म आमासित मामा घर जान्थें म मामाघर टन्न…

1 day ago

तीज

अम्बिका धिताल भक्तपुर “आमा! यसपालि माइती घरमा दर कुन दिन खाने खै केही खबर आएन…

1 day ago