Categories: बाल कथा

तीज पर्व र महत्त्व


कृष्णा कृति

चेली माइतीहरुको रमाइलो पर्व हो तीज। बर्ष भरि मनाइने चाहाडहरुमा तीजको छुट्टै महत्त्व र विशेषता रहेको छ। यो पर्व पौराणिक कालदेखि चलिआएको परम्परा र उत्सवको एउटा सुन्दर मिश्रण हो। नारी स्वतन्त्रताको पहिचान हो तीज। यस पर्वमा चेली मात्र नभएर माइती पनि उत्तिकै रमाएका हुन्छन् । चेली माइती बिचको सम्बन्धलाई तीजले अझ प्रगाढ पार्दछ।
जुन समय कुनै सम्पर्क साधन थिएन ,बिवाह गरेर टाडा गएका छोरी चेलीहरु बर्षायाममा लामो समयसम्म आफ्नो माइतीसित भेट नभएको हुँदा ,भल बाडी केही मत्थर भए पछि चेलीको घर माइती पुग्दाको महत्त्व र चेलीको खुशी अतुलनीय हुनेगर्छ।
सबै बर्खे खेती बालीको काम सकेपछि माइती घरमा आएर थकाइ मार्ने,आमाको हातको खाना खाने,दौंतरीहरु भेट्ने रमाइलो गर्ने,पूजा लाउँने, दु:ख सुखका कुरा साटासाट गर्ने विशेष महत्त्व चेली हरुको निम्ति बोकेको छ तीज पर्वले।
पराइघरको विभिन्न जिम्मेवारी ,तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको उतिकै ठुलो भुमिका रहेको छ।
तीज पर्वको विशेष महत्त्व अर्को के छ भने उसबेलाको अशिक्षित असमानता नारी दमन शोषणयुक्त समाजमा नारिले आफुमाथि भइरहेको अन्याय अत्याचारलाई तीजमा साथी भाईसित कुरा राख्ने मौका मिल्ने र सुझाव सर सल्लाह लिने,आफु माथी भई रहेको हिंसा विरुद्ध आवाज उठाउने हौसला मिलेको पाइन्छ। यसैले तीज पर्वलाई नारी सशक्तिकरणको एउटा अंश पनि मानिन्छ ।
यो चाहाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाउने गरिन्छ । पहिलो दुतियाको दिन सपरिवार भेला भएर रात्रीमा गरिने पौष्टिक भोजनलाई दर भनिन्छ । यस रात जे जसो आफ्नोमा भएको पकाएर खुशीसाथ रमाइलो गर्दै खाने ,खुवाउने गरिन्छ । भोलिपल्ट तृतीययामा निराहार ,निरजल ब्रत बस्ने ,पूजा लाउँने दान-दक्षिणा गर्ने गरिन्छ ।संगीनि खेल्दै गाउँदै मनका बिलौना पोखिन्छ।यस पर्वमा विशेष गरि भगवान शिव र माता पार्वतीको बिशेष प्रकारले पूजा आरधना गरिन्छ । यस पुजालाई अर्ध नारेश्वर पुजा पनि भनिन्छ।
धार्मिक मान्यता अनुसार माता पार्वतीले माहादेव पति पाउन, भनेर श्री हरि भगवानले बताएको तालिका अथवा नियम अनुशार पालन गरिएको कठोर ब्रत तपस्यालाई नै हरितालिका भनिएको पाइन्छ।
यस दिन बिवाहित नारीले आफ्नो श्रीमानको सुस्वास्थ,सौभाग्य र समृद्दिको निम्ति ब्रत बस्ने गर्छन् । अविवाहित चेलिले भने असल वरको कामना गर्दै पूजा, ब्रत दान पुन गर्ने गर्छन् । चौथीको दिन गणेश चतुर्थी पर्नाले श्री गणेश भगवानको बिशेष पूजा अर्चना,ब्रत गरिन्छ र पाँचौ दिन ऋषि पञ्चमीमा नदी वा तलाउमा गई बिभिन्न बनस्पतिद्वारा बिधिपुर्वक स्नान गरि आएर सप्तऋषिको पूजा उपाशना गरि तीज पर्व समापन गरिन्छ । । आज हिन्दु नारीमात्र नभएर तीज पर्वले सर्व धर्म र सर्व जातिका महिलालाई समेटेको छ।
तीज पर्वको नाममा भित्रीन्दै गरेको विकृतिलाई पन्साएर यसरीनै पारम्परिक ,संस्कृतिक र सामाजिक रूपमा तीजको परम्परालाई अघि बडाएर लैजानु पर्नेछ । भावी पिडिलाई नि हाम्रो परम्परा चिनाउनु पर्ने छ। तीजको नाममा महँगो गहणा,लुगाको प्रतिस्पर्धा ,दरको नाममा होटेलको पार्टी जस्तो देखावटीले हाम्रो मौलिकतामा दाग लाग्नेछ ।हामीले हाम्रो संस्कृति परम्पराको जगडा गर्नु पर्नेछ।
हाम्रो राज्य सिक्किमका वर्तमान मुख्यमन्त्री महोदयले पनि तीज पर्वलाई महत्त्व दिँदै यसदिन राज्य बिदाको घोषणा गर्नु भएको छ। तीजको महिमा अझ सुनौलो भएको छ। यसको निम्ति हामी सम्पुर्ण चेलीहरु कृतज्ञता प्रकट गर्दछौँ ।यो हाम्रो अहोभाग्य हो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

16 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

17 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago