अम्बिका धिताल
भक्तपुर

“आमा! यसपालि माइती घरमा दर कुन दिन खाने खै केही खबर आएन त ?”
फोनबाट छोरीको प्रश्नले आमाको मुहारमा एकाएक बादल लाग्यो।
“आउँछ नि छोरी, आजभोलि दरको अर्थ फेरिएको छ।” आमाले लामो सुस्केरा हाल्नुभयो।
“कसरी?”
“पहिले दरमा माया पाक्थ्यो, अहिले देखासिकी। पहिले दिदीबहिनी भेला हुन्थे, अहिले मोबाइलको क्यामेरा अगाडि कोभन्दा को राम्रो देखिने भन्ने होड चल्छ।”
छोरीले भनिन्, “तीज त शिव पार्वतीको पवित्र सम्झना होइन र?”
आमा सुस्तरी बोल्नुभयो, “हो नि! पार्वतीले शिवलाई पतिको रूपमा प्राप्त गर्न गरेको तपस्याले नारीको अठोट, प्रेम र आस्थाको कथा भन्छ। तीज त नारीको पीडा पोख्ने, सुख दुःख साट्ने र माइतीको आँगनमा मन फुकाउने पर्व हो।”
छेउमै बसेकी हजुरआमाले थप्नुभयो, “संस्कार बिर्सेपछि चाडपर्व पनि तमासा बन्छ अनि नाच्न नजान्ने आँगन टेढो भनेझैँ दोष संस्कृतिलाई होइन, हाम्रो विकृत सोचलाई दोष दिनुपर्छ नानी ।”
आमाले थप्नुभयो, “ तीजको नाममा महँगा पहिरन, भोज र नाचगानको प्रदर्शन बढ्दै गएको छ । नानी साँच्चै यो कुरामा भने हामी सचेत हुनुपर्छ है?”
छोरीले आशातित हुँदै भनिन्, “ हुन्छ तर मेरा लागि एउटा साडी र गहनाको बन्दोबस्त छ होला नि है ?”
हजुरआमा बोल्नुभयो “छोरी, नारीलाई गहनाले होइन, सम्मानले आत्मसन्तुष्टि दिन्छ।”
छोरी बोलिन्, “ हो है, माइतीको दर पेट भर्ने भोज होइन, थाकेको नारीमनलाई आफ्नोपनले अँगाल्ने संस्कार हो है आमा? ”
हजुरआमाले थप्नुभयो, “तीजमा दर हराए पनि हुन्छ तर माइतीको आँगनमा नारीको सम्मान हरायो भने तीज नै विधवा हुन्छ, यो कुरा नबिर्से है नानी ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“बालदिवस”

तेजप्रकाश श्रेष्ठ मेरो किताब खै ? मेरो कापी कलम खै ? मेरो स्कुल ब्याग खै…

1 hour ago

“मैले दर खान्न बरिलै”

रामप्रसाद पन्थी रेसुङ्गा न पा २,गुल्मी पाेहाेर सम्म आमासित मामा घर जान्थें म मामाघर टन्न…

3 hours ago

नेपाली नाटक फलामे गेटमा अभिनय गर्दाको अनुभव

सैयम अर्याल खत्री रोल नं: ४१०९ कक्षा: ७'ग' बूढानीलकण्ठ स्कुल भलिबल म्याचको रौनकतालाई एकातिर छोडेर…

3 hours ago

“दर”

गणेश आत्रेय मदनपोखरा,पाल्पा चेली माइतमा आज गर्छन् खूब रमाइलो। हाँसो खुशी छरेका छन् मनमा छ…

4 hours ago

“मेराे बाबा”

  रामप्रसाद पन्थी रेसुङ्गा न पा २ गुल्मी बाबासँगै बिताएका रमाइला पल सिम्झिएर दिन रात…

1 day ago

तिज तिज जस्तो हुन्थ्यो

हरीश शर्मा तिज तिजजस्तो हुनका लागि सौभाग्य र समृद्धिका लागि शिव र पार्वतीको उपासनाका लागि…

1 day ago