Categories: बाल कथा

तृष्णा

अन्जु शर्मा
रातोपुल

भोकले आकुलव्याकुल स्याल शिकार ढुकेर बसिरहेको थियो। दरबारको मिटिङ सकेर घर फिर्दै गरेको सेतो हात्ती देखेर ऊ लोभियो। भिमकाय हात्तीको शिकार गर्न ऊ असमर्थ त थियोे, तर उसको भोककालागि अनिवार्य पनि थियो । उसले गम्भीर भएर सोच्यो। अनि एउटा जुक्ति निकाल्यो । तबतक हात्ती उसकै अगाडि आइपुग्यो ।
श्याल :”मामा! आज श्यालको वंशावली उद्घाटन गर्नुछ। सबैको सल्लाह बमोजिम हजुरलाई प्रमुख अतिथिको रूपमा राख्ने निर्णय भयो । सोही बमोजिम म लिन आउँदैगर्दा हजुर सँग यहीँ बाटोमा भेट भयो।”
हात्ती :” (प्रमुख अतिथि …!! हात्ती मुस्कायो) “हस् भान्जा! ल अगाडि लाग्नुस्।”
यसैपनि जम्मुमन्त्रीमा नाम कहलाइएको श्याल। उसले मौकामा चौका हान्दै दलदल बाटोतिर अगाडि बढायो । श्याल जताततै हिड्न सक्थ्यो तर मोटो शरिरका कारण क्षणमै हात्ती भासिन थाल्यो।
हात्ती डराउँदै “भान्जा! अर्को बाटो छैन ? यहाँ त म भासिन थालेँ।”
“मामा! हजुर जस्तो विद्वान साथै शक्तिशालीलाई यो बाटो कसरी असजिलो होला त? तैपनि साह्रै गाह्रो महशुस भयो भने मेरो पुच्छर समाएर पाल्नुहोला।”
श्यालले भिरालोपट्टी आफू बसरे दलदलतिर हात्तीलाई पुच्छर दिने प्रयत्न गर्दै थियो । तबतक हात्ती नउठ्ने गरि दलदलमा फसिसकेछ । हात्तीको अवस्था देखेर श्याल आफू सफल भएकोमा फुरुक्क पर्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

12 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

12 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago