“दसैँ खास लायो”

 


रामप्रसाद पन्थी
रेसुङ्गा न पा २, गुल्मी

आकाशकाे बादलु नि भाग्याे पर पर
शरदले टेकिसक्याे गाउँ अनि घर।

बाटाघाटा सफा भए छैन हिलाे मैलाे
घर गाेठ लिपी चट्ट भइसक्यो दैलाे।

नवदुर्गा भवानीकाे गर्दै पूजाआजा
मन्दिरमा बज्न थाले शंख घण्ट बाजा।

मालसिरी धुन मिठाे थालिसक्याे डाक्न
सेलरोटी फिनी अर्सा लागिसक्याे पाक्न।

फलफूल मिठाइकाे बास्ना आइसक्यो
सानाे भाइ नयाँ लुगा किनी लाइसक्याे।

थालिसके साथीभाइ चङ्गा उडाउन
मैले पनि सुरू गरें गाडी गुडाउन।

लिङ्गे पिङ काठे पिङ खेल्दै सररर
परदेशी डुल्न थाले आफ्नै गाउँ घर।

बुढापाका बाजे बजै खुसीले छन् दङ्ग
छाएकाे छ जताततै नाैलाे रसरङ्ग।

बाेका भेडाे राँगाे हाँस कुखुराकाे बलि
दिने भन्दै हिडेका छन् काेही यसैपालि।

खसी ढाली चिची खाने भन्दा सानाे भाइ
बाेके खाेज्न जान्छु भनी हिड्नु भयाे दाइ।

दशमीकाे दिन टीका जमराकाे साथ
रमाइलो लाग्छ निकै खादा मासु भात।

टीका थापी निधारमा हात पार्दा भेटी
खुसी हुन्छन् हामीजस्तै साना केटाकेटी।

घर टीका लगाएर मामाघर जाँदा
भइसक्छ पेट डम्म नानाथरी खाँदा।

सम्झिदा नि मुख मेराे रसाएर आयाे
अरू चाड भन्दा दसैं खास लायाे।

घाँटी हेरी हाड निल्नु साथी सबैजना
रिन काढी नबुनेकै राम्राे तानाबाना।

याे दसैँले सुख शान्ति ल्याओस् चारैतिर
हटी जाऊन् राेग कष्ट दुःख बाधा पिर।