Categories: बाल कथा

नयाँ जुत्ता


बिनोद प्रसाद ढकाल
इनरुवा,सुनसरी

विद्यालयबाट घर फर्किएपछि, रमेशले आमाको हात समाउँदै भन्यो: “आमा !  सबै साथीहरूसँग नयाँ जुत्ता छन्, मेरो त पुरानै छ। मलाई पनि नयाँ चाहिन्छ।” रमेशको आमा ताराले भनिन्, “छोरा, यस महिना त बाबु पनि बिरामी परेका छन्, कमाइ थोरै भयो। अर्को महिनामा किन्नु ल छोरा ?” रमेशले (दुःखी हुँदै): “हुन्छ आमा।” भन्यो। भोलिपल्ट रमेशको साथी विशालले उसलाई नयाँ जुत्ता देखाउँदै भन्यो: विशाल: “हेर रमेश, हेर मेरा नयाँ जुत्ता! मलाई बर्थडे गिफ्टमा प्राप्त भयो ।” रमेश (हाँस्दै): “धेरै राम्रा छन्, तिमी खुसी छौ भने म पनि छु।” अन्तिम बेलामा रमेशले आफ्ना पुराना तर सफा गरेर मर्मत गरेका जुत्ता लगाएर फुटबल खेल्यो र जित्यो। गुरुजी आएर भने: गुरुजी: “जुत्ता होइन, लगन र आत्मविश्वासले जित दिलाउँछ।” रमेश मुस्कुरायो । त्यो दिनदेखि उसले कहिल्यै अभावको गुनासो गरेन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

9 hours ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

10 hours ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

10 hours ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

1 day ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

1 day ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

1 day ago