
राेशन पराजुली
बरगाछी,धरान
प्रश्न सोध्न जति सजिलो हुन्छ, उत्तर दिन त्यति नै गाह्रो।
गुरु र शिष्य बीच पनि यस्तै प्रश्न–उत्तरको नाता थियो।
“गुरुजी, अब आराम गर्नुहोस्,” कुनै बेला शिष्यले साहस गरेर भनेको थियो।
गुरु मुस्कुराएका थिए— “अझै समय बाँकी छ, सिकाउन बाँकी छ।” समय भने चुपचाप आफ्नै गति हिँडिरह्यो।
एकातिर घट्दै, अर्कातिर बढ्दै।
एक दिन त्यही शिष्य अघि बढेर भन्यो, “अब मेरो पालो, हजुर आराम गर्ने बेला भयो।” शिष्यका शब्द सुन्दा गुरु झस्किए।
किनकि आज उनी आफ्नै पुरानो आवाज सुन्दै थिए। समयले फेरि प्रमाणित गर् गुरु र शिष्य फरक होइनन्,
सिर्फ पालो फेरिने नाता हुन्।





