Categories: कविता

“नातिनी”


गणेश आत्रेय
मदनपोखरा,पाल्पा

सानी म नानी “इशिता” तपाइँकी।
हो नातिनी चिन्नु भयो! भएन कि!
भन्दै रमाईकन काख आउँछिन्।
बस्छिन् हँसाएर मयाँ लगाउँछिन्॥

खेलौँ नयाँ खेल भनेर भन्दछिन्।
खेलेर थाकेपछि साथ बस्दछिन्॥
मीठा नयाँ गीत कथा सुनाउँछिन्।
ज्ञानी बनी ज्ञान नयाँ सिकाउँछिन्॥

नाची नचाईकन मख्ख पार्दछिन्।
हाँसी हँसाईकन दङ्ग पार्दछिन्॥
दादा दिदीसाथ मिलेर खेल्दछिन्।
आमा बुवासङ्ग झुमेर डुल्दछिन्॥

नौला कथा गीत सुनाउनोस् भनी।
खेला अनेकौँ ल सिकाउनोस् भनी॥
जिद्दी गरी दिक्क गराउँछिन् कतै।
छक्क्याउँदै खूब हँसाउँछिन् कतै॥

हेरौँ म मोबाइल भन्दछिन् घरी।
हेरी टिभी चित्त बुझाउँछिन् घरी॥
भोकाउँदा खान म पाऊँ भन्दछिन्।
थाकेहुँदी मस्त कतै निदाउँछिन्॥

आकाश पाताल घुमाउँछिन् यिनी।
संसार नै हेर रङाउँछिन् यिनी॥
आशा भरोसा रमिता दिलाउँछिन्।
यी नातिनी काख बसी रमाउँछिन्॥

सारथि बाल पत्रिका

Recent Posts

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

8 hours ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

8 hours ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

1 day ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

1 day ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago