लता के. सी .
तीनकुने , काठमाडौँ
हाल- टेक्सास, अमेरिका
कक्षामा प्रवेश गर्नासाथ गुरुले विद्यार्थीहरुलाई नयाँ प्रयोगवादको अवधारणा र इतिहास रच्ने पहिलो व्यक्तिहरुको बारेमा बताउनु भयो । विद्यार्थीहरू उत्सुक भएर ध्यानले सुनिरहे । विद्यार्थीको मानसिकता बुझ्न उहाँले सबैलाई एउटै प्रश्न सोध्नु भयो, “भविष्यमा गएर तिमीहरू को को, के के बनेर के कस्तो काम गर्नेछौ ?”
रोहितले भन्यो, “गुरु , म त विज्ञान विषय पढ्छु । अहिलेसम्म कसैले नगरेको नयाँ वस्तुको खोजी गर्नेछु।”
कविले भन्यो, “मलाई त साहित्य मन पर्छ । यस क्षेत्रमा कसैले नगरेको नयाँ प्रयोग गर्नेछु।”
सबै विद्यार्धीले कुनै नयाँ नयाँ खोज र अनसन्धान गर्ने, नयाँ प्रयोग गरेर प्रसिद्धि कमाउने आआफ्नो विचार पोखे।
गुरुले सबैलाई भन्नु भयो, “इच्छाशक्ति र साधना भयो भने संसारमा असम्भव केही छैन । सबैको आआफ्नो इच्छा पूरा होओस् भनेर आशीर्वाद दिन्छु ।”
अनायास गुरुको नजर अमरमाथि पर्यो । ऊ चूपचाप लागेर सबैका कुरा सुनिरहेको थियो। गुरुले उसलाई सोध्नु भयो, “अमर, तिमी चाहिँ के गर्छौ नि ?”
उसले गम्भीर भएर भन्यो, “गुरु ! नायक हुन कुरा होइन, काम गर्नु पर्छ । म काम गरेर मात्र देखाउँनेछु।”
रमेशचन्द्र घिमिरे पुतली झैँ हुन पाए संसार यो चुम्थेँ बादल जस्तै चारैतिर रमाएर घुम्थेँ फूलबाट…
सालिक राम सत्याल खजुरा ३ बाँके श्रावणी पूर्णिमाको उज्यालो बिहान थियो। आँगनमा तुलसीको मठ सुगन्धले…
प्रार्थना खनाल सुकेधारा श्रावणी पूर्णिमालाई वेदारम्भ कर्म, सांस्कृतिक कर्म भन्नुको तात्पर्य के हो बुवा ?…
आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…
लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…
View Comments
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.