राज कुमार कार्की
कटारी -१,उदयपुर
“गुरु! भोलि वातावरण दिवस हो । राम्रा नारा बनाउन सहयोग गर्नू न।”
गुरुआमा नुरा मोबाइलमा नारा खोज्दै गुरु राघवलाई नारा बनाउन अह्राउँछिन्। “गुरुआमा नारा त जुवामा लगाइन्छ। विध्यार्थी गोरु होइनन् ।”
राघवका कुराले हल्का क्रोध भाव नुराको मुहारमा झल्किएको प्रष्ट देखिन्छ। तैपनि सम्हालिएर नुरा आफ्नै काममा ब्यस्त हुन्छिन्।
राघव भने साना साना माटो सहितको बिरुवाहरू जम्मा गरेर मल,खाल्डो र पानीको जोरजाम गरेर बेरा बनाउन लाग्दै थिए।
“ए गुरु के गरेको? यो त प्लेकार्ड बनाउन ल्याएको बाँस हो त।”,प्रधानाध्यापक चर्को आवाजमा कराउँछ्न्। तर राघव आफ्नै सुरमा बाँसमा डोरी घुसाएर बेरा बनाउँछन् ।
राघवको ताल देखेर मुसुमुसु हाँस्दै गरेकी नुरा भने मोबाइलबाट छनिएका नारालाई प्लेकार्डमा लेख्न थाल्छिन्।
यी दुई अध्यापकहरू फरक फरक ढङ्गले यो पालीको वातावरण दिवसको नारा बनाएर दिवस मनाउने तयारी गर्दै छन् ।
“ल गुरु नारा तयार भयो विद्यार्थी भेला गरेर नारा लगाऊँ त।”
“ल प्र. अ .गुरु सामान तायार भयो। यो वर्षको नारा बनाऊँ त।”, नुराको बोली नरोकिँदै राघव कराउँछन्।
प्र.अ.भने कहिले नुराको मुहारमा त कहिले राघवको मुहारतिर हेरेर टोल्हाउँछन्।”ल राघव गुरु मैले के गर्नु पर्यो ? एकाएक उत्साहित हुँदै प्र.अ .ले राघवलाई समर्थन गरेको देख्दा नुरा छक्क परिन् ।
राघव भने प्र.अ.लाई बिरुवा रोप्न,पानी र मल हाल्न र बेराले घेर्न लगाएर ताली पिट्छन्।चारैतिर ताली गुन्जिन्छ।
अनि चर्को स्वरमा राघव कराउँदै ,”बेद पुराणले भन्छ! एक वृक्ष दस पुत्र बराबर बन्छ!!”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…