Categories: बाल कथा

नारी दिवस


माहेश्वरी भट्ट
कञ्चनपुर

सानैदेखि सपना आत्मनिर्भर बन्न चाहन्थी। घर-परिवारले भने, “छोरी मान्छे, धेरै ठूलो सपना नदेख्नु। अन्ततः तिमीले चुलोचौको सम्हाल्नैपर्छ।”
तर सपनाको मनमा त्यो कुरा अटेन। ऊ पढाइमा अब्बल थिईन् । स्कुलका शिक्षकहरूले समेत उसलाई अघि बढ्न हौसला दिन्थे। कलेज सकिएपछि, उसले जागिरका लागि आवेदन दिई। घरमा कसैले पनि साथ दिएन, तर ऊ अडिग रहिन्।
धेरै संघर्षपछि सपना एक प्रतिष्ठित कम्पनीमा जागिर पाउन सफल भइन्। पहिलो तलब हातमा पर्दा उनका आँखाबाट आँसु झरे। ती आँसु संघर्षका, जितका र आत्मसम्मानका थिए।
नारी दिवसको दिन कम्पनीमा उनलाई सम्मान गरियो। भाषण दिने क्रममा उनले भनिन्, “नारी कमजोर होइनन्, अवसर पाए उड्न सक्छन्। नारी दिवस एक दिनको मात्र उत्सव होइन, यो प्रत्येक दिन आत्मनिर्भर बन्ने संकल्प हो!” तालिले हल गुञ्जायमान भयो। उनका बाबु-आमा पनि दर्शकदीर्घामा थिए। पहिलोपटक छोरीको सफलता देखेर गर्वले भरिए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

14 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

14 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago