
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“वन रक्षाको लागि बिरूवाहरू लगाउनु पर्छ । आनावश्यक फडानी गर्नु दिनु हुँदैन। अलि सचेत रहनुहोला।” विमलाले वन विभागका चौकिदार(पाले)लाई सम्झाइन्।
“हस् मेडम निश्चित रहनुहोस्!”- उसले आज्ञाको पालन गर्ने प्रतिबद्धता जनयो।
“विमला जननिर्वाचित प्रतिनिधि भएकोले उनले भने अनुसारको सबै वन देखायो । उनी अनुगमन टोलीसँग भ्रमणमा पुगेकी थिइन्।
पाले आफुले चिनेको र मेडमले नचिनेका सबैजसो प्रजातिका रूखहरू चिनाउँदै गयो। वनामा साल, सिमल,सिस्वा,निम, सफेदा,सल्लो लगायतका सिकाउँदै गयो।
“दाइ सुन्नु त हाम्रो वनमा बाँसको घारी देखिन त, दालचिनीको चैँ देखियो ?” -विमलाले यता उता हेर्दै भनिन्।
“छ नि अलि पर खोल्सा तिर देखाउँछु अहिले “-पाले खोल्सा तिर लाग्यो।
” यी महिलाहरूले केगर्दैछन् ?”-विमलाले अलिपर केही महिंलाहरूलाई देखेर सोधिन्।
“मेडम टपरी खुट्ने पात टिपेका छन् पर्सि श्रद्धा रहिछ गाउँकै हुँन।तेसैले।”-पालेले जानकारी गरायो।
“पात टिप्न दिनुहुँदैन्, यिनिहरूलाई । आइन्दा ध्यान दिनूँ।”-मैडमले अलि चर्को स्वरमा भनिन्।
“हस् मैडम!”-ऊ अगाडि बढ्यो।
“आहा गज्जबको बाँस घारी रहेछ। पाले एउटा काम गर न । मलाई तामा धेरै मनपर्छ । हामी तीनजनालाई एक-एक वटा तामा काट्देउ है।”- विमलाले भनिन्।





