Categories: बाल कथा

निर्दोष प्रश्न


राजन कार्की (पाजु)
धरान १३सुनसरी

“हजुरबा ! तपाईँले यो के लेख्नुभाको?”
म आफ्नो कृति प्रकाशनको लागि सम्पादनमा व्यस्त थिएँ। एकाएक नातिनीको यो सोधाईले मेरो एकाग्र भंग भयो।
“किताब लेखेको नी नानी !” मैले उसको जिज्ञासा मेट्ने जमर्को गरेँ।
“किताब भनेको विद्या होरे, हो हजुरबा ?” उसले जिज्ञासा तेर्स्याई।
“होत नी ! तिमीलाई कसले भन्यो ?” उ तिर हेर्दै जवाफको साथमा जिज्ञासा पनि राखेँ।
“हाम्रो स्कुलको मिसले!” स्कुलको युनिफर्म खोल्दै सहजभावमा उसले जवाफ दिई।
मैले कान उ तिर, र ध्यान कामतिर एकाग्र गरेँ।
“यो किताव लेखेर के गर्ने हजुरबा?” उसले फेरि मेरो ध्यान खिंची।
“किताब छपाएर बिक्री गर्ने !” मैले उसको जिज्ञासा शान्त पार्न खोजेँ।
“किन, हजुरबा?” उ शान्त भैन ,उसको कौतुहलता झन बढ्यो।
“किताब बिक्रि गरेपछि पैसा आउँछ ,अनि तिमीलाई नयाँ लुगा, स्कुल ब्याग किनी दिने ल!” मैले उसलाई शान्त बनाउन आश देखाउँदै भनेँ।
“हाम्रो मिसले भन्नुभएको ,पैसा भनेको धन हो रे नी हजुरबा !” उसले फेरी सोधी।
“हो नी! धन सबै भन्दा शक्तिसाली हुन्छ,यो नभै हामी बाच्नै सक्दैनँ , धन छैन भने केहि चिज पनि किन्न सकिँदैन बुझ्यौ?” मैले उसलाई थामथुम पार्ने प्रयास गरेँ।
उ यतिमै शान्त भैन , उसले फेरी प्रश्न तेर्स्याई -” अनि मिसले त धन भन्दा विद्या ठुलो हुन्छ, भन्नुहुन्थ्यो त हजुरबा?”
म निरूत्तर भएँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago