Categories: बाल कथा

नेता काका


अन्जु शर्मा
रातोपुल

“बा! अब देखि कहिले पनि काजीको घरमा काम गर्न नजानुस् है।”
“किन बाबु ? के भयो ?”
“त्यो काजीको घरमा तपाईँलाई काम गरे पनि बाहिर पिढीमा राखेर भात खान दिन्छन् । फेरि थाल पनि आफैँ माझेर घाममा राख भन्छन्।
“ए! मत के के न भएछ भनेको त ! त्यस्तो जाबो कुरा पो ? अनि म दलित हुँ , दलितलाई भित्र पस्न नदिने चलन समाजमा हटेकै छैन बाबु !
“अनि कान्छा काका दलित हैन बा?”
“के लाटा कुरा गर्छ यो ! मेरो भाइ भएसी ऊ पनि दलित नै हो नि।” तिनै काजीले काकालाई भित्र राखेर खान दिन्छन् । कहिलेकाहीँ नमस्कार कान्छा बाबु पनि भन्छन्।”
“तेरो काका म भन्दा धेरै ठूलो छ बाबु , ठूलालाई त सबैले सम्मान गर्छन् नि।”
“हाम्रा काका कहिले देखि ठूला भए बा?”
“उ क्या! यहीँ गाउँमा चुनाव जितेर नेता भए पछि।”
अ: वास्तवमा नेता भएपछि दलित नहुने रहेछ नि! म पनि पछि गएर काका जस्तै ठूलो हुनलाई नेता बन्छु ।” ऊ नजानिदो ढंगले मुसुक्क मुस्कुरायो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

22 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

22 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

22 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago