Categories: बाल कथा

नेपाली पारा


निर्देश काेइराला
कक्षा-६
स्ट्यान्डर्ड बाेडिङ स्कूल
इटहरी -१७

हस्याङफस्याङ गर्दै विद्यालयबाट आइपुग्नासाथ राजुले भन्याे, “बाबा, भाेलि मेराे जन्मदिन राम्ररी मनाउनुपर्छ नि।” बाबाले भन्नुभयाे, “हस्, मनाउँला तर नेपाली पाराले कि अङ्ग्रेजी पाराले?” राजुले खुसी हुँदै भन्याे, “नेपाली पाराले।” बाबाले फेरि साेध्नुभयाे, “तिमीलाई थाहा छ त नेपाली पारा?” राजुले हतारहतार भन्याे, “हे बाबा, त्यति पनि थाहा हुँदैन त? केक ल्याउने, मैनबत्ती बाल्ने निभाउने, केक काट्ने, सबैलाई बाँड्ने, काेक र मासु पुलाउ खाने।” बाबाले भन्नुभयाे, “त्याे त विदेशी पारा हाे।” राजुले साेध्याे, “अनि नेपाली पारा चैँ कस्ताे हुन्छ त ?” बाबाले भन्नुभयाे, “बिहान नुहाएर मन्दिर जाने, पुजा गर्ने, दिउँसाे अनाथ आश्रम जाने, अनाथ बालबालिकालाई खुवाउने शाकाहारी खाना खाने अनि साँझ एउटा बिरुवा राेप्ने।” राजुले भन्याे, “आहा, भाेलि पहिलाे पल्ट नेपाली पारामा जन्मदिन मनाउन मज्जा आउने भयाे।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

नाग पूजा

सावित्रा शिवाकोटी जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर…

21 hours ago

“आकाशकी परी”

रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…

21 hours ago

अवसर

विष्णु भण्डारी आचार्य बेलबारी, मोरङ" “प्रज्वल, हैन तँलाई पढ्न मन छैन ? खाली त्यही रामेसँग…

21 hours ago

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

2 days ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

2 days ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

3 days ago