अर्चाना शर्मा
तुमिन नाम्राङ्ग, पूर्व सिक्किम
म नेपाली भाषाको कुरा गर्छु
जसको बोलीले ल्याउँछ
मनमा शान्ति र सन्तोष
मुटुबाट बग्ने हरेक रगतको
कणकणमा सजिएको छ नेपालीभाषा
शब्दको मालामा साँचो भाषा प्रेम
सुन्दरता र अनमोल छँदैछ।
शब्दको रसले भरिएको
यो हाम्रो नेपाली भाषा
हाम्रो संस्कृति र संस्कारको
यहीँ नै हो अभिलाषा
नेपाली भाषा बोल्दा
हर शब्दमा आउँछ मधुरता
बोल्दा मिठासको ताल र सङ्गीतले
सकैलाई बनाउँछ हर्ष
यो प्यारो भाषामा समावेश छ
झरनाको शितलता र सूर्यको चमक।
नेपाली भाषा भव्यताले भरिएको छ
हरेक वाक्य, हरेक बोलीमा सुनिन्छ
हाम्रै नेपालीपनको सुनौलो बोली
सबैले माया गरी बोलिदिन्छ आजभोलि
मीठो संवादमा छरिएको साँचो भावाना।
नेपाली भाषाको मिठास
कतै सस्तो छैन बुझ्नको लागी
हामीलाई गर्व बोध हुन्छ
सोचेर ल्याउँदा यहीँ भाषाले
भाषाप्रतिको प्रेमले
मेरो मनमा छापिएकोछ अमेट छाप!!
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…