Categories: कविता

“नेपाल मेरो जय!”


घनश्याम रेग्मी

नेपाल मेरो छ धरा पवित्र
हिमालको सुन्दर दृश्य चित्र
पहाड मेरो सुनको धुरी हो
बेंसी तथा फाँट हरा चुरी हो ।।

खम्बा बनी शैल जहाँ खडा छन्
पानी दिने हार्दिक ती घडा हुन्
>चियाउँदै दक्षिण भेगलाई
गर्छन इसारा स्मित भाव ल्याई ।।

पहाडको भाव मितेरी गाँस्ने
चुरे तथा भावरसाथ हाँस्ने
पोसाक छन् झल्लर पातयुक्त
नेपालका हुन् गहना प्रयुक्त।।

उब्जाउ छन् फाँट मधेस मेरा
परिश्रमी मानिसका बसेरा
अनेक छन् फाँट यहाँ भकारी
घुम्छन जहाँ कर्म गरेर मौरी ।।

थुम्काहरू फूल थुँगा समान
मुहारका बिन्दु अहा! निशान
खोला नदी पर्वत जोड्न पाऊँ
म हाँस्न पाऊँ मुलुकै हँसाऊँ ।।

झन्डा उचा पर्वतझैँ उठाऊँ
यो देशको उन्नति देख्न पाऊँ
मिलेर यो राष्ट्रिय गीत गाऊँ
“नेपाल मेरो जय” गान गाऊँ ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

13 hours ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

14 hours ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

14 hours ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

2 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

2 days ago