Categories: बाल कथा

न्याय


प्रार्थना खनाल
सुकेधारा,काठ्माडौं

ऊ एक्कासी चिच्यायो,“कानून मिचियो।”
ऊ र हीरा टी भी अघिल्तिर बसेर समाचार र चिया पान गर्दै थिए। उसको आवाजले हीरा तर्सियो।
दबेको स्वरले सोध्यो, “के भयो ?”
ऊ जङ्गियो, “नहुनु पर्ने काम भयो। कानूनमाथि टेकियो। प्रटोकल मिचियो। धैर्यता गुमाइयो। नबोली जितियो। एकमना सरकार भैकन चोरबाटो अपनाइयो। अध्यादेशबाट राज्य सञ्चालन गरियो। निरङ्कुशताको सङ्केत झल्कियो। ग़रीब, र असहायलाई बिल्लीबाठ परियो। लोकतन्त्रको उपहास गरियो। हाम्रो मत खेर गयो। जति जोगी आए कानै चिरिएका भनेको यही हो।”
हिराले उसको कुरामा असहमती जनाउँदै भन्यो, “यार ! के भनेको तैंले ? पुरानै शैलीमा चल्ने हो भने त परिवर्तन खोई ? भोका, नाङ्गा,वेरोजगार,किसान,सहकारी पीड़ित सबैलाई हेर्नू परेन? भाषणले समाधान दिन्छ र ?”
उसलाई साथीको कुरा मन नपरेर प्रतिप्रश्न गर्यो, “देश यत्रो संकटमा छ। नेतृत्वको पहिरन र प्रणाली यस्तै हुन्छ?”
हिराले सम्झाउँदै भन्यो, “हेर भाइ, काम गर्न गाह्रो छ। काम गर्दा सिस्टम मिचियो, नगरे अयोग्य भयो भन्ने आरोप लाग्छ।”
उसले शिथिल स्वरमा भन्यो, “बॉझो खेत, रित्तो गाउँ, कफनमा फर्कने युवा, उपलब्धीविहीन शिक्षा, अनुशासन विहीन राज्यजस्ता समस्याका समाघानका लागि सरकारले के गर्ने हो ?”
उत्साहित हुँदै हिरा बोल्यो, “अब बोलेर होइन, गरेर देखाउने बेला हो।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

19 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

19 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

19 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

20 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago