पहिलो भेट


केशव नेपाल
लामोसाँघु,सिन्धुपाल्चोक

“यहाँ धेरै सुन्दर छ, होइन ?”
आर्यन नजिक पुग्दा तीले मुस्कुराउँदै भनिन्।
आकाश हल्का नीलो रंगले रंगिएको थियो। वनको बाटोमा हावा र फूलको सुगन्ध घोलिएको थियो। आर्यन हरेक बिहान त्यही बाटो हिँड्थ्यो — उसलाई प्रकृतिको शान्ति मन पर्थ्यो।
त्यो दिन उसको नजर एक युवतीमा पर्यो — सादा पहिरन, हातमा कपी, र ओठमा हल्का मुस्कान। ती युवती हरियो घाँसमा बसेर केही लेखिरहेकी थिइन्।
आर्यन हल्लिएर भन्यो, “सुन्दर त छ, तर आज पहिलोपटक अझै सुन्दर देखियो।”
दुबै हाँसे। त्यसपछि हरेक बिहान उनीहरू त्यही ठाउँमा भेटिन थाले — चिया र कुरा साटिन थाले, शब्दहरू भावना बने।
एक दिन युवतीले भनिन्, “यो जंगल साक्षी हो हाम्रो भेटको, यदि कहिल्यै टाढा भयौँ भने पनि, यहाँको हावाले हामीलाई सम्झाइरहनेछ।”
आर्यन मुस्कुरायो — “हावा होइन, तिम्रो मुस्कानले नै मलाई हरेक बिहान तानेर ल्याउनेछ।”
त्यो दिनदेखि प्रकृति र प्रेम एकै अर्थमा मिसिए — शान्त, गहिरो र अनन्त ।