Categories: बाल कथा

पाँच मिनेट


इन्दिरा गौतम

“बाबा, पाँच मिनेट मात्र खेल्न जान्छु, “आठ वर्षीय शिवांशले किताब थन्काउँदै भन्यो।
उसका बाबा कडा अनुशासनमा छोरा-छोरी राख्ने व्यक्ति हुन्। उनको कुरा कसैले टाल्नै सक्दैन। आमाले पनि। ती माथि बच्चाको अघि त झन् कठोर हुने गर्दछ।
रिसाउँदै भने, ” हुँदैन ! समय भनेको समय हो। अहिले पढ्ने समयमा पढ्नुपर्छ ! खेलकुद भनेको फूर्सदको समयमा पनि गर्न सकिन्छ ।”
छोरो चुपचाप ढोका बन्द गरि टेवल भरि पुस्तक फिँजाएर हेर्यो। होमवर्क, स्कुल, टिचर र बाबाको आदेश एकैचोटी सम्झ्यो। रिँगटा लागेर आयो।
त्यसपछि बुबा अफिसका लागि हतारिँदै घडी हेर्छन् । ट्राफिकमा अल्झिएर पाँच मिनेट ढिलो पुग्छन्।
बोस रिसाएर भन्छन्, “पाँच मिनेटको लापरवाहीले हामीले क्लाइन्ट गुमायौँ ! लाखौँको क्षति भयो। कर्मचारीपटि फर्केर थर्कायो।”
बेलुका घर आएर देख्छन् छोरा पढिरहेको छ । बुबाले छोराको कोठामा गएर भने, “बाबु, भोलिदेखि तिमीलाई हरेक दिन पाँच मिनेट बाहिर खेल्न जान दिनेछु… तर त्यस समयको सदुपयोग सही ठाउँमा गर्नु पर्छ।”
छोरालाई बाबाका कुरा पत्याउनै गाह्रो भयो। आफ्नै कान प्रति सन्देह जाग्यो। खुसीले बाहिर कुद्दै भन्यो बाबा पाँच मिनेट है !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

17 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

17 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

3 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 days ago