Categories: बाल कथा

“पिता”

कुसेऔँसीको अबसरमा सम्पुर्ण पिताहरुमा समर्पित

राजन कार्की ( पाजु)
धरान -१३सुनसरी

वुवा सधैँ झैँ बिहान कामवाट फर्क़नु भो, खुइ्या काढ्दै दलानको खाटमा सुस्ताउनु भो ; आमाले फरियाको सप्कोले शिर ढाक्दै आम्खोरामा पानी राखिदिँदै भन्नुभयो, ” बस्नुस् खाना खान।”
बुवा आगनको पर्खालमा बसेर हात खुट्टा धुनु भयो र भित्र पस्नु भो। आमाले चौकामा ओच्छ्याएको कुँदेको काठको गोलो पिरा अगाडि खाना राखिदिनु भो ,बुवा धोती फेरेर खान बस्नु भो। यी सब म टुलुटुलु हेरिरहेँ।
बुवाले खाना खाँदा बस्ने पिर्का,खाना खाने थाल बटुका ,पानी खाने करुवा अलग थियो। जस्मा खाने हाम्रो अधिकार पनि थिएन ; र, चौकामा बसेर खान समेत पाईंँदैन थ्यो। बावुले नखाई हामीले खान पनि पाउँदैन थ्यौँ । यो आमाले राखेको अनुशासन थ्यो ,हाम्रो लागि।
एक दिन बिहान हामीलाई आमाले “खाना खान आओ” भनेर बोलाउनु भो। म चकित हुँदै खाना खान मझेरीमा बस्दै भनेँ- “खै त आमा आज त बुवा आउनु भा,छैन त!
आमाले भन्नुभो “आज बुवा ढिलो आउनु हुन्छ । “आमाले पैला बुवाको थालमा खाना पस्किनु भो र हामीलाई खाना पस्केर दिनु भो।
“बुवा आउन ढिला हुन्छ भन्नुहुन्थ्यो;तर खाना चैँ बुवालाई पनि पस्किनु भो त आमा !” छक्क पर्दै मैले जिज्ञासा राखेँ।
“तैलेबुझ्दैनस्,यस्ता कुराहरु। पछि ठुलो भएसी बुझ्लास्।”आमाले भन्नु भो ।
र आज म बुझ्दैछु आमाको त्यो संस्कार र पिताको महत्व!!!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

स्वीकार्नुहोस् यो नम:

आत्मराम न्यौपाने जल्ले बाँड्नुभयो प्रकाशित दियो सद्ज्ञानको चेतको जल्ले मेट्नुभयो घनान्ध मनको अज्ञान सङ्केतको जल्ले…

15 hours ago

‘गुरु’

गुरु पूर्णिमाको विशेष दिनमा गुरुहरूप्रति नमन ! शिष्यहरूलाई आशीर्वाद ! श्रीधर भण्डारी बारबर्दिया नगरपालिका-८, बर्दिया…

15 hours ago

गुरुदक्षिणा

सम्पूर्ण गुरुहरूमा हार्दिक नमनका साथै शुभकामना। अम्बिका धिताल विद्यालय श्रद्धाले सजिएको थियो। कसैले फूलको गुच्छा…

16 hours ago

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

2 days ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

2 days ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

3 days ago