Categories: बाल कथा

पुलेसो


बिन्दु पाैडेल वस्ती
भरतपुर -२, चितवन

पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन भएकाले मानिसहरूले आआफ्नो खेतमा समयानुकूल खेती गर्दै आएका थिए । वर्षाको ठूलो भेल गाउँको बीचबाट गडगडाएर बग्दै थियो । खोलाले समेत आफ्नो आकार फैलायो यी दुबैले आआफ्नो शक्ति प्रदर्शन गरे। ठूलाठूला ढुङ्गा, गिटी र बालुवाले खेतीयोग्य जमिन पुरिदियो। बाढीले खोला मात्रै बढेन; दायाँबायाँका बस्तीहरूलाई पनि बगाउन थाल्यो।
जग्गा मात्रै विभाजित भएन; बासिन्दाहरू पनि विभाजित हुन पुगे। खोलाले पारिदिएको दुरीलाई उनीहरूले मनको दुरीमा परिणत गरे।
त्यो दृश्य हेरिरहेको एक युवकले पारिपट्टि डोरीको लट्ठो फाल्यो । कसैले बाँस तेर्साए त, कसैले काठहरू मिलाए । अस्थायी रूपमै भए पनि पुल तयार भयो। त्यस पुलबाट मानिस मात्रै तरेनन्; उनीहरूको पीडा, आँसु, आशा पनि तरेर लामो सुन्दर चेन पो निर्माण भयो।
केही दिनपछि बाढी सुक्य । खोलाले आफ्नै आकार लियो। युवकले,” पुलको औचित्य नभएकाले भत्काइदिउँ” भन्यो। बृद्धले मुस्कुराउँदै भने, “बाबु ! पुल त काठको होइन नि ; मनको पो हो त। काठक पुल त भत्काउन सकौला। मनको पुल कसरी भत्काउँछौ, भन त ? “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

7 minutes ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

18 minutes ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

29 minutes ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago