सत्यजीत
ललितपुर

छोरो प्रविण कक्षा ९ मा पढ्छ।
बिहानै मन्दिर जानु पर्दैन, तर मोबाइलको घण्टीले ऊ आफैँ उठ्छ।
म भन्छु, “भगवानले पनि मेहनत गर्नेलाई मात्र साथ दिन्छ रे।”
“भगवान होइन बाबा, जाँगरले काम गर्छ।” आज शनिबार हो।
म चिया पिउदै थिएँ-ऊ छेउमै बसेर विज्ञानको भिडियो हेरिरहेको थियो।
अचानक उसले भन्यो, “यदि भगवानले सबै बनाएका हुन् भने भूकम्पमा मान्छे किन मर्छन् ?”
मसँग कुनै मन्त्र थिएन, कुनै कथा थिएन, मौनता मात्रै थियो।
थोरैबेरपछि उसले भन्यो, “पढाइ नगरी प्रार्थना गरे परीक्षामा पास हुँदैन, हैन ?”
मैले टाउको हल्लाएँ।
त्यस दिन मन्दिर होइन, किताबघर सफा गरियो। दीप होइन, डेस्कबत्ती बालियो।
त्यहीदिन बुझेँ-जाँगर नै देवता रहेछन्, र श्रम नै पूजा।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

4 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

5 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

5 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

1 day ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

1 day ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

1 day ago