Categories: बाल कथा

प्रभाव


मोक्ष खतिवडा

‘भाइबहिनी हो , घरमा कस-कसले बुवाआमालाई के के कुरामा सहयोग गर्छौ ? बुवाआमाले भनेको सबैले राम्रोसँग मान्छौ नि। हैन त ।’ इन्द्र सरले कक्षा चारमा पढाउँदै सोध्नुभयो। ‘म त आमालाई सब्जी केलाउन सघाउँछु सर।’ भूमिकाले भनिन् । यसैगरी पालैपालो भने।
छेऊमा बसेको सुधीरलाई देखाउँदै, ‘सर यो त उसको बुवाआमाले काम लगाउँदा मुखमुखै लाग्छ , केही टेर्दैन ! सुधीर घोसे मुन्टो लगाएर बस्यो। ‘आफूले गर्न सक्ने काम सबैले गर्नुपर्छ , आज्ञाकारी बन्नुपर्छ । त्यसो भयो भने हामी असल बन्न सक्छौँ , बुझ्यौ।’ इन्द्र सरले सबै विद्यार्थीलाई अर्थ्याउनु भयो।
सुधीर र उसको एउटै बाटो भएर जाने साथी इन्द्र सरकै घर अगाडिको बाटो घर जाँदै गर्दा ‘मैले पैसा कमाएर ल्याएपछि अब फेरि मलाई नै घरमा चाहिने भएभरका सौदा (सामान ) लिएर आइज नभन्नू बुबा ! यो काम मैले गर्ने होइन। तपाईँहरुको काम चैँ के नि ? ‘ भन्दै ठुलो र चर्को बोली गरेर बुबालाई थर्काएको सुन्दै सुन्दै आ-आफ्नो बाटो लागे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

22 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

22 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

22 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

23 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago