
राजन कार्की पाजु
धरान १३ सुनसरी
“हैन! कति मोवाइलमै घोत्लिन्छस हौ तँ ? होमवर्क गरिस त ?” दिवनले छोरो हेलन लाई झपारे।
“होमवर्क सकेर एक छिन गेम खेल्दै बसेको बाबा!” उसले शान्त भावमा भन्यो!
“एक छिन त होनी हेरोस्न त ! उसले पनि नयाँ नयाँ प्रविधि सिक्नु परेन ?” रस्मिले छोरोको बचाउ गरी। एक्लो सन्तान हेलन, कक्षा सातमा पढ्दै थियो । पढाईमा पनि अब्बल । पढाईको नतिजाले पनि बावु आमा सन्तुष्ट नै थिए।
“केको हल्ला होनी ?” भन्दै उमेस भित्र पस्यो।
“यसैलाई कराएको नि, खाली मोवाइल मै व्यस्त हुन्छ !” दिवनले बस्ने ईसारा गर्दै भने।
“नहेरी के मान्थे त आजकालका केटाकेटीहरु, तर के हेर्दैछन् अलि बिचार चैँ पुर्याउनु पर्छ हामीले!” सोफामा बस्दै उमेशले सुझायो!
“कति कामले पाल्नु भो दाइ ?” रस्मिले चिया दिँदै आगमनवारे जिज्ञासा राखिन्।
“आपत् नपरी भगवान सम्झिईंदैन भन्छन् ! अलिकति पैसाको आवश्यक थियो र सहयोग गर्छौ कि भनेर छिरेको दिवन भाइ म त।
चिया थाम्दै उमेशले समस्या बिसाए।
“हुन्छ नि, सकेको गरौँलानी! नत्र छिमेकी भएको के काम, तर कति चाईने हो दाइ ?” दिवनले उदारीता व्यक्त गरे।
“त्यस्तै, पचास हजार जति भए पुग्ला भाइ! उमेशले जवाफ दिए।
लगत्तै दिवनले चेक काटेर उमेशको हातमा थमाए , उमेश कृतज्ञ हुँदै बासहिरियो।
“दिवन भाइ! खातामा व्यालेन्स जिरो रैछ त ?” केही क्षणमै उमेशको फोन आयो!
दिवन आतिंदै बैँक पुगेर सोधखोज गरे, नभन्दै खाता मौज्दात जीरो भएको रैछ !
उनी मेनेजर सामु पुगेर बेलिविस्तार लाए। मेनेजरले खाता चेक गरे र दिवन तिर हेर्दै भने-
“सर! तपाईँको मोवाइल ह्याक भएको रछ । मोवाइल बेकिंक खातासँग एउटा अनलाईन गेमको लिंक जोडिएको रैछ !”





