“हाँस्दै बाँच्नुपर्छ”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

बाेल्नु भन्दा अगाडि,
सुन्नु पर्छ बाबुनानी,
के बाेल्ने के नबाेल्ने
बुझ्नु पर्छ कुराकानी।

लेख्नुभन्दा अगाडि,
साेच्नुपर्छ बाबुनानी,
वर्ण मात्रा मिलाई,
सत्य तथ्य के हाे जानी।

खर्च गर्नु अगाडि,
धन कमाउनु पर्छ,
खर्च भए फजुल,
भाेकभाेकै बस्नुपर्छ।

बन्नु हुन्न निराश,
प्रयासले कस्नुपर्छ,
निरन्तर कर्मले,
समस्यामा पस्नुपर्छ।

दुखी भाकाे बेलामा,
ह्वात्त निर्णय नगराैँ,
रिसाएकाे बेलामा,
फ्याट्ट बाेल्न बन्दगरा‌ैँ।

मित्र राम्रा असल,
चिनी साँचिराख्नुपर्छ,
मृत्युभन्दा अगाडि,
हाँस्दै बाँचिराख्नुपर्छ।