तुलसी पण्डित
पढौँ पढौँ साथी हो मनमा गुनेर
अघि बढौँ साथी हो लक्ष्य ताकेर
अर्जुन पनि पढ्थे धेरै मनमा गुनेर
कैल्यै पनि डुल्दैनथे फाल्तु बनेर।
पढ्नु मात्र काम होइन बुझौँ सबैले
घर पनि काम गरौँ है सच्चा दिलले
फोहर कुरा न बोलौँ घृणा उव्जिन्छ
अघि बढ्ने वातावरण सबै बिग्रिन्छ।
मिठो बोली आभूषण गहना नै हो
सत्य बोल्नु जीवनको बहना नै हो
अनुशासित हुन सके जीवन बन्दछ
रिसराग त्याग्न सके जीवन फुल्दछ।
सहयोगी भावनाले उज्ज्वल बनाउछ
सबै आफ्नै हितको मित्र प्रेम बढाउछ
दीनदुखीको सेवा गरे दाहिने ईश्वर
प्रतिष्ठामा आँच हुदैन साथमा परमेश्वर।
सबै कुरा मननन् गरे सफल भइन्छ
ज्ञानज्योति बढ्न गई कदम चालिन्छ
ज्ञान दिने सबै जना हाम्रो प्रेरक
घर समाज गुरुआमा छैन फरक।
श्रोतःनेपाली बालसाहित्य
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…
आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…