Categories: बाल कथा

“फिस”


कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा

“हेल्लो ……. हेल्लो …… बाबा” कलेजको क्यान्टिनमा साथीहरू सँग बसेर चुरोटको धुवाँ उडाउँदै प्रदीप बोल्यो। उता बाट कुनै प्रतिक्रिया न आएपछि पुःन फोन लगायो।
“बाबा………., बाबा.. मलाई सुन्दै हुनुहुन्छ ?”साथीहरूको मुखमा हेरेर हाँस्दै प्रदीप अहिले अलि चिच्याएर बोल्यो।
“हेल्लो ..कोहो .. प्रदीप हो ? किन फोन गर्यौं बाबु ? हामी अस्ति शनिबार त बेसरी बोलेका थियौँ , के भन्न फोन गर्यौ” ? बुवा दामोदर चिन्तित हुँदै बोले।
“यहाँ ट्युसन फिस र परीक्षा फिस दिनु पर्ने भयो ,पैसा तुरुन्तै आज पठाई दिनु पर्यो, सबैले बुझाइ सकेछन्” प्रदीप साथीहरूको मुखमा हेर्दै हाँसेर अलि रिसाएर बोल्यो।
“के भनेको हो? पैसा त अस्ति बाह्र हजार पठाएको हो नि, के गर्यौ र ? यसरी पैसा मासेर मैले कसरी पुर्याउने हो र ? म सँग त अहिले पैसा त छैन” बुवा दामोदर अलि रिसाएर बोले।
“यहाँ क्लासमा नै बस्न पाइँदैन,तुरुन्तै आज पैसा जम्मा गर्नु भनेर सरले भन्नु भयो,अस्ती पठाएको पैसा त कापी कलम,किताब किन्दा सकियो,तु रुन्तै आज नै पठाई दिनु , नत्र मेरो क्लासमा बेइज्जत हुन्छ” चुरोट अर्को साथीलाई दिएर धुवाँ उडाउँदै झोंक्किएर प्रदीप बोल्यो। साथीहरू उसको मुखमा हेर्दै हाँसेर बसे।
“कति पठाउन पर्ने हो?” बुवा दामोदर अलि चर्को स्वरमा कराए, “अध्ययन गर्न गएको मान्छे, अस्तिको आज त्यत्रो पैसा मासेर के गरेको हो? तेरो बाबुको के कमाई छ र ? विचार गरेर खर्च गर्नु पर्छ” अलि रिसाउँदै दामोदर ले भने।
“अहिले पन्ध्र हजार पठाई दिनु, सधैँ पैसा माग्यो कि कच कच मात्रै हुन्छ,यहाँ कति गाह्रो छ।” प्रदीप उज्यालो मुहार बनाएर हाँस्दै साथीहरूलाई हेर्दै हाँसेर फोन काट्यो।
“ए प्रदीप तेरो चाला मलाई त ठिक लागेन है, गाउँमा बसेका बाबु आमालाई सताएर शहरमा पढ्न बसेको भन्दै यसरी पैसा उडाउन सर्म लाग्दैन?” एउटा गरिब किसानको छोरो,पढेर ठूलो मान्छे बनेर नाम कमाउला,हामीलाई हेरचाह गर्ला भनेर आफ्नो गास काटेर तिमीलाई पढ्न पठाए,आज यसरी आफ्नो घर,बाबु आमाको स्थिति सबै भुलेर अनेक बहाना बनाउँदै ,सोझा सिधा बाबु आमा माथि झुठ बोल्दै मोज मस्ती गर्न लाज लाग्दैन ? तिमीलाई राम्रो मान्छे मानेको थिएँ,तिमीसँग संगत गर्नु बेकार रहेछ” भन्दै प्रदीपको प्रिय साथी श्याम क्यान्टिन बाट बाहिर निस्के।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अपेक्षाको कसिमा देश

रोहिणि रसिक आफ्नै बगैँचाभरि लालुपाते गोदाबरी फूल फुले मजाले खोज्लान् र को इङ्लिस फूल किन्न…

10 hours ago

“प्रियाको गन्थन्”

मचिन्द्र खत्री म लागेँ माइत आज हो औँसी पिताजी भेट्नु छ तिर्सना मीठो त्यो बाल्यकालको…

11 hours ago

गुरु

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया आज दिउँसो पुरानो हाजिरी पुस्तिका पल्टाउँदै गर्दा उनको नजर अर्जुनको नाममा…

11 hours ago

सङ्गत

सुमन कडरिया चितवन "मेरो विगत र वर्तमान, जमिन आसमानको फरक !" आफ्नै कोठामा आराम गरिरहेको…

1 day ago

“श्रम गरौँ”

वसन्त अनुभव वसन्तविहार,घोराही सबै साथी मिलेर श्रम आज गरौँ न, आफ्नो देश आफैँ नै सीपले…

1 day ago

“ज्ञानी बन”

धनराज सिलवाल ज्ञानी बन छात्र -छात्रा बढाउँदै आफ्नो ज्ञान बोक लक्ष चन्द्र छुने बढाउँदै आफ्नो…

1 day ago