माहेश्वरी भट्ट
आयो बसन्त, हर्ष छायो,
फूले फूल, उपवन रमायो।
हिउँको जाडो भाग्यो हेर,
नयाँ पालुवा उम्रिए फेर।
हरियाली छ घाम पनि मीठो,
चरा गुञ्जिए, पवन सुशीतल।
माहुरी उड्छन् गुन्गुन गर्दै,
भमरा रम्छन् फूलेका छेउमै।
सरसफाइ छ, सुगन्ध भरिएको,
ससाना केटाकेटी रमाएका।
लुकीलुकी खेल्छन् वनभित्र,
हल्ला गर्दै दौडिन्छन् एकसाथ।
खेतभरि गहुँका बाला सुँगुरिएका,
किसान खुशी, दंग परेका।
फर्सीको फूल, काँक्रोको मुन्टा,
झुल्दैछन् बारीमा सुन्दर जुट्टा।
बसन्त आयो, उल्लास ल्यायो,
सबैको मनमा उमङ्ग छायो।
नाचौँ, गाऔँ, रमाऔं मिलेर,
रंगीन बसन्त मनभरि भरेर!
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…