चेतनाथ दाहाल
ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी
राम्रो लक्ष लिई अधि बढ बाबू नानी
बुबा,आमा,गुरु सँग आशीर्वाद लिँदै
प्रगतिको शिखरमा चढ बाबू नानी।।
साथी सँगी मिलिजुली खेल बाबू नानी
नगर्नु है खेल्दा जालझेल बाबू नानी
जातपात नछुट्याउ साथी सँगी सँग
सबै सँग राम्रो राख मेल बाबू नानी।।
आफ्नै रीति थिती सँग रमाउ बाबू नानी
असल कर्म गरी नाम कमाउ बाबू नानी
तिमी देशको सच्चा माली बन्नुपर्छ भोलि
आजैदेखि राम्रो बाटो समाउ बाबू नानी।।
इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…