‘बालापनका साथी’


श्रीधर भण्डारी

बगैँचामा खेल्छन्
बटुलेर साथी।
सम्झ बालापन
कति होला जाती।।

कुरा गर्न पाउँदा
मन हुन्छ दङ्ग।
एकैछिन खेल्न
हुन्छ कति रङ्ग।।

फूलहरू गन्दै
बगैँचामा डुली।
बित्छ बालापन
साथीसँग भुली।।

साथीहरू भेट्दा
हुन्छ खुसी मन।
बितोस् यसैगरी
हाम्रो बालापन।।

सामुहिक तस्बिर
सम्झनालाई राखौँ।
भोलि किन्न पाइन्न
तिरे पनि लाखौँ ।।