Categories: बाल कथा

बालापन


लता के सी

रमाको नाति टुकुटुकु हिँडन थाल्यो । तत्याङ तुतुङ बोल्न थाल्यो । हजुरबा र हजुरआमाका दिनहरू रमाइलो हुन थाले । दिनभरि नातिको स्याहार सुसारमा समय बितेको पत्तै हुदैनथ्यो । एकदिन ऊ हजुर बासँग मोबाइल खोलिदिन आग्रह गर्दै थियो, “तार्तुन हेर्ने अनि देम थेल्ने नि , बाबा !”
एउटा नाति, उसले जे भने पनि बुढा मान्थे । नाति बाजे मोबाइलमा रमाउन थाले । उनले भनिन्, “समय पनि कस्ता आउन थाले । घरैभित्र खेल्नु पर्ने !”
उनी आफ्नो अतीतमा हराउन थालिन् । बालापनका सखीहरू संझिन् । एउटीले भन्थी , “तिमी बेहुलीपट्टिको म बेहुलाको, पुतलीको बिहे खेलौँ है।
अर्की भन्थी , “गुच्चा खेलौँ न !”
भदौको धपक्क बलेको घाममा, मध्यान्ह समयमा आमा सुतेको बेला लुसुक्क भागेर गाउँभरिका साथीहरू बटुलेर गुच्चा र खोपी खेल्दा कस्तो रमाइलो थियो, हाम्रा दिन !
बगैँचामा सुटुक्क पसेर आँपका टिकुला टिप्दै , नुन खुर्सानीसँग चोप्दै खाएको, ट्वाक्क जिब्रो पडकाउँदै मस्त हाँसेको, काठमिलका अगाडि राखेका बडेमा काठका मुडाहरूमा दौडिएको, साँझपख हल्ला गर्दै जिस्किदै खाली चौरमा पिड्डो र लुकामारी खेलेको, सुगर मिलतिर हाँक्किएको ट्रकबाट उखु तानेको, भाँडाकुँडा बोकेर गाउँभरिका दौँतेरी वनभोज गएको अनि कम्मर मर्काइ मर्काइ नाचेको सम्झेर उनी बेस्सरी हाँसिन्।
बुढाले सोधेँ, “के भयो ? किन हाँसेकी ? बहुलाइस् कि ? एक्लै पो हास्छे ।”
बुढीले हाँस्नुको कारण रोचक पारामा बताउँदै थिइन् । नातिले नजानेर नै युट्युब थिचेछ । मोबाइलमा गीत बज्यो,  “फेरि कहाँ आउँछ र घुमेर ? त्यो बालापनको उमेर ….. !”
बुढा, बुढी र नाति सबै हाँस्दै नाच्न थाले।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

34 minutes ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

43 minutes ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago