राधा आचार्य
बुटवल रुपन्देही
मलाई मनपर्ने
पोषणयुक्त खाना
आहा! कत्ति सुहाउने
जिउ ढाक्ने नाना।
भर पर्छु आमाबाको
म छु सानो सानो
मलाई पनि चाहिन्छ
ओत लाग्ने छानो।
रोग लागे ऐया! हुन्छ
मलाई पनि दुख्छ
उपचार पाएदेखि
मेरो घाउ सुक्छ।
सानो बालक भनेर
मार्न हुन्न इच्छा
मैले पनि पाउनुपर्छ
कामलाग्ने शिक्षा।
जाँगर थप्न स्वस्थ हुन
मैले खेल्नुपर्छ
झेल्छु बरु खेल्दाखेल्दै
जेजे झेल्नुपर्छ।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…