Categories: विविध

बाल दिवस


निरज चाम्लिङ

नेपालको जनसङ्ख्याको ४२% हिस्सा ओगटेको बालबालिकाहरूको आज महत्वपूर्ण दिन हो। नेपाली अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धिलाई अनुमोदन गरेको सम्झनामा हरेक वर्ष राष्ट्रिय बाल दिवस र आज सूर्योदय नगरपालिका को बालबालिकाहरूको लागि ऐतिहासिक क्षण पनि हो। सूर्योदय नगर, पर्यटकीय सहर ,बालमैत्री बनाउने नगर बासीको रहर भन्ने मूल नाराका साथ २०७९ भदौ २९ गते कोशी प्रदेशको तेस्रो र इलाम जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासन युक्त तथा बालश्रम मुक्त नगरपालिका घोषणा भएको थियो। यो दिन मेरो लागि मात्र नभएर समग्र सुर्योदय नगरपालिकाका बालबालिकाहरूको लागि एकदमै ऐतिहासिक र अविस्मरणीय क्षण पनि हो। यो दिनसम्म आइपुग्नका लागि कति सङ्घर्ष चुनौती आरोह पार गर्दै यो दिनसम्म आइपुगेका थियौँ। आज म मलाई साथ दिनुहुने सम्पूर्ण नगर बाल सञ्जालका साथीहरूलाई सम्झना चाहन्छु। पढ्नुपर्ने र जिन्दगीमा केही सिक्नुपर्ने मेरो उमेर थियो यसर्थ बाल क्लबमा उपस्थिति मेरो लागि महत्वपूर्ण थियो। विद्यालय बाल क्लबको अध्यक्षदेखि वडा र नगर बाल संजालको अध्यक्ष भई जहिले बालबालिकाको हक अधिकार निमित्त खटिरहे। बाल सन्जालको अविस्मरणीय यात्रा सायद मेरो जीवनको लागि एक उत्कृष्ट सौभाग्यको यात्रा हो। बालमैत्री स्थानीय शासन युक्तपालिका घोषणा गर्न सफल पार्न सूर्योदय नगरपालिका, महिला बालबालिका शाखा , नगर कर्मचारी ज्यूहरू, बाल सन्जाल र सम्पूर्ण सरकार निकाय हरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। राष्ट्रिय बाल दिवस २०८२ साथै बालमैत्री नगरपालिकाको तेस्रो वार्षिक उत्सवको अवसरमा समस्त बालबालिका अभिभावकज्यूहरू जनप्रतिनिधिज्यूहरू शिक्षकज्यूहरू सरकार निकाय ज्यूहरु र समस्त नगरबासीज्यूहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
जय बालमैत्री
जय बालबालिका

सारथि बाल पत्रिका

Recent Posts

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 hours ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 hours ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 hours ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

1 day ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

1 day ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

1 day ago