सुशिल आचार्य
हाम्रा बालवालिकाको कति मिठो बोली
समाजलाई सचेत पार्छन बालक्लव खोली
गाउँघर सुन्दर राख्न सधैँ अघि सर्छन्
स्कुल जान्छन् फुर्सद भए कार्यक्रम गर्छन्।
राखिहाल्छन् गाउँघरमा हेर बाल भेला
बालहकको प्रचार गर्छन् नगरी अबेला
वडा बाल मञ्चमा गई आफ्नो कुरा राख्ने
बाल विकास गर्न भन्दै लक्षित काम ताक्ने।
सधैँ भन्छन् उनीहरू एउटा धोको थियो
हाम्रै गाउँमा बाल्नु पर्छ चेतनाको दियो
घत पर्ने कुरा गर्छन् हाम्रो बाबु नानी
सानैदेखि लागेको छ अति राम्रो बानी।
उनीहरूबाटै गर्छौँ अब हामी आश
बाल हितमा काम गर्नेलाई छ स्याब्बास
ल है बाबु नानी अब सधैँ अघि सर
” बाल हकको प्रचार गर्ने छिटो काम गर। “
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…