रमेशचन्द्र घिमिरे
देखेनौ र मलाई ?
छोड मेरो ठाम्
ठूल्दाजै हो नातो
बुढी औँला नाम
अल्लि पर बस्छु
लाउन्न कतै लाम
एक्लै बस्न खोज्ने
बुढी औँला नाम
तिमी लुरे भाटा
म हुँ मोटो थाम
डल्लो डल्लो होचो
बुढी औँला नाम
मलाई छोड्यौ भने
पूरा हुन्न काम
खाँचो पर्दा सम्झ
बुढी ओैँला नाम
ल ल कसो गरी
मुछ्छौ बुबु माम ?
मै चाहिन्छु आखिर
बुढी औँला नाम
मान्छेका पो नाम
हुन्छन् राम र श्याम
म जाबाको हरे
बुढी औँला नाम !
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…